संशोधन प्रस्तावको जनजाति महासंघद्वारा स्वागत

1.3K

संशोधन प्रस्तावको जनजाति महासंघद्वारा स्वागत

janjati

बुटवल, १९ मंसिर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले सरकारले व्वस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनलाई सकारात्मक भन्दैं स्वागत गरेको छ ।

महासंघको आज बुटवलमा बसेको बैठक पश्यात कार्यवाहक अध्यक्ष बिमला गुरुङ र सचिव ज्ञानेन्द्र भुजेलले संयुक्त रुपमा विज्ञप्ती जारी गरि संविधान संशोधनको स्वागत गर्नुभएको हो । जारी संविधानमा निर्धारण गरिएको सिमाङकन भन्दा हेरफेर गरि ल्याइएको पछिल्लो सिमाङकन केही प्रगतिशील भएको र कलस्टर मिलाउंन खोजिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले ल्याएको संशोधन प्रस्ताव पारित हुनुपर्नेमा जोड दिंदैं प्राप्त उपलब्धीको रक्षा र थप अधिकार प्राप्तीको संघर्ष जारी राख्ने विज्ञप्तीमार्फत गुरुङ र भुजेलले आग्रह गर्नुभएको छ । हामी कसैको अधिकार खोस्न नभई आफ्नो अधिकार स्थापित गर्नका लागि र राष्ट्रिय एकता मजवुत पार्नका लागि संघर्षरत रहेकोमा जोड दिंदैं अनावश्यक भड्कावमा नलाग्न समेत उहांहरुले अनुरोध गर्नुभएको छ ।

महासंघका अध्यक्ष दलबहादुर छन्त्यालका धर्मपत्नी रेनुका छन्त्याल विरामी भई लामो समयदेखि काठमाण्डौमा उपचार गराईरहनु भएकोले उहांको शिघ्र स्वास्थ्य लापको कामना पनि विज्ञप्ती मार्फत गर्नुभएको छ ।

बैठकमा नेपाल तामाङ घेदुङ, रुपन्देहीका अध्यक्ष बिरबहादुर लामा, तमु ह्युल छोंज धीं, गुरुङ राष्ट्रिय परिषद्, रुपन्देहीका उपाध्यक्ष टेकबहादुर गुरुङ, नेपाल मगर संघ,रुपन्देहीका कोषाध्यक्ष मनोज थापा, थकाली सेवा समिति, बुटवल क्षेत्रका वरिष्ठ उपाध्यक्ष लालबहादुर गौचन, नेपाल छन्त्याल संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष भरत छन्त्याल, भुजेल सेवा समिति, रुपन्देहीका टेकबहादुर भुजेल लगायतले संविधान संशोधनलाई सकारात्मक भन्दैं स्वागत गर्नुभएको छ ।