निर्णय पुर्नविचार गर्न कांग्रेसको माग

1.3K

निर्णय पुर्नविचार गर्न कांग्रेसको माग

congress

बुटवल, १९ मंसिर । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ र नेपाली कांगे्रस वुटवल उपमहानगरपालिकाको संयुक्त बैठकले संविधान संशोधन प्रस्तावमा पुर्नविचार गर्न माग गरेको छ ।

क्षेत्र नं ४ का सभापती हरी लम्साल र नगर सभापती खेलराज पाण्डेयको अध्यक्षतामा वसेको वैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा उल्लेख गरीएको प्रस्तावीत  प्रदेश नं ५ वाट गुल्मी, अर्घाखाची, पाल्पा लगायतका जिल्लालाई अलग्याउने निर्णय पुर्नरविचार गर्न सरकारसंग माग गरेको छ ।

साथै यस क्षेत्रका जनताको भावनालाई कदर गर्दै वुटवललाईनै यस प्रदेशको राजधानी वनाउन सरकार संग आग्रह गर्ने निर्णय पनि  गरेको छ । वर्तमान अवस्थामा श्रृजित  परिस्थितीलाई ध्यान दिदै अहिले चलिरहेको आन्दोलन लाई थप व्यवस्थीत वनाउदै आन्दोलनका नाममा तोडफोड नगर्न र शान्तीपुर्ण आन्दोलन गर्न सम्वन्धीत पक्षलाई आनुरोध गर्ने निर्णय गरेको क्षेत्रीय सचीव जोग बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

बैठकमा नेपाली कांग्रेस जिल्ला सचीव रामकृष्ण खांण ,महाधिवेशन प्रतिनिधीहरु राम बहादुर कार्की, युवराज गिरी, हरीहर श्रेष्ठ, क्षेत्रीय सदस्यहरु ,वडादस्यहरुले धारणा राखेका थिए । वैठकमा वोल्ने वक्ताहरुले सरकारले प्रदेश न ५  का पहाडी जिल्ला अलग्याने विषय जनताको भावना विपरीत रहेको र यसवाट सदियौ काल देखि मिलेर वसेका जनताको सामाजिक सांस्कृतीक सम्वन्धमा ठेस पुग्ने हुदा यो प्रस्तावमा पुर्नरविचार गर्न आग्रह गरेका थिए ।