कर्मचारी काम बिहिन

1.3K

कर्मचारी काम बिहिन

sainamaina

ललित पाण्डेय/
सैनामैना, २० मंसिर । सैनामैना नगरपालिकामा क्रियाशिल राजनीतिक दलहरुले नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिदा कर्मचारीहरु काम बिहिन  बनेका छन् ।

नगरपालिकालाई गाउपालिका बनाउने षडयन्त्र भएको भन्दै  १८ गते बाट सुरु भएको तालबन्दी अझै  खुल्न सकेको छैन् । संविधान संशोधन प्रस्तावका विषयमा भैरहेको आन्दोलन र कार्यालयमा लगाईएको तालबन्दी खुल्न नसक्का आफुहरु कार्यालबाहिर बसीरहेको बसेको नगरपालिकाका सुचना अधिकृत केशव अर्यालले बताउनु भयो ।

नगरपालिकामा बाट हुने नक्का पास, राजस्व, प्रशासनीक काम राकिएकाले सेवाग्राहीलाई सेवा दिन नसकेकोे बताउनुहुन्छ । नगरपालिका बाट सेवा दिन नसके पनि वडा बाट नागरकता सिफारिस, पञ्जिकरण जस्ता सेवा सुचारु भएको पनि अर्यालले जानकारी दिनु भयो । स्थानीय राजनैतिक दलका नेता तथा स्थानीयको संयुक्त आयोजनामा माग पुरा नहुदा सम्मका लागि तालाबन्दी गरिएको नेकपा एमाले सैनामैनाका संयोजक चित्र बहादुर केसीले बताउनु हुन्छ । .

दुई वर्ष अगाडि साविक पर्रोहा र दुधराक्ष गाविसलाई मिलाएर सैनामैना नगरपालिका बनाईएको थियो । स्थानीय तह पुर्न संरचना प्राविधिक सहयोग समितिबाट यही मंसिर १६ मा निर्णय भई आयोगबाट नगरपालिकालाई २ दिनमा रिपोर्ट अन्तिम पुनराबलोकन लागि पत्र आएको थियो ।

उक्त पत्रमा सैनामैना नगरपालिकामा २०६८ सालको जनगणना बमोजिम जनसख्याको मापदण्ड पुरा नभएकोले २०६८ सालको जनगणनाको आधारमा जनसख्या सहितको वडा विभाजन गरी पुनः प्रस्ताव गर्ने भनी पत्र आएको छ । उक्त पत्रप्रति आपत्ति जनाउदै दवावका लागि तालाबन्दी गरिएको नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारीले बताउनु हुन्छ ।

सैनामैना नगरपालिकामा २०६८ को जनगणना अनुसार ४५ हजार जनसंख्या रहेकोमा अहिले ५५ हजार पुगिसकेको तथ्याङ्क नगरपालिकामा रहेको छ । यस भन्दा अगाडि समृद्ध सैनामैना नगरपालिका बनाउन भौगोलिक संरचना र जनसंख्या मिलाउन सालझण्डी, गजेडी, सुर्यपुराका १ र २ वडा, मानपकडीका २ र ७ , ख बनगाईका ३, ४ र ९ वडा का राजनैतिक दल तथा सर्वपक्षिय भेलाले पारित गरी जिल्लामा डेलिकेशन पनि गइसकेको थियो ।