वन्दका कार्यक्रम यथावत (फोटो फिचर)

1.3K

वन्दका कार्यक्रम यथावत (फोटो फिचर)

aandolan-6
खेमानन्द पाठक/

बुटवल, २० मंसिर । अनिश्चितकालिन बन्दले यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसंगै सुरु भएको अनिश्चितकालिन बन्दको छैठौ दिन आज यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । भैरव युवा समाजले आज बुटवलको मिलनचोकमा आयोजना गरेको कार्यक्रममा कलाकार बद्री पंगेनी लगायतका कलाकारले सांगितीक मनोरञ्जन प्रदान गरेका थिए ।

प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला अन्य प्रदेशमा राख्नेगरी सरकारले ल्याएको संशोधन प्रस्तावको विरोधमा आन्दोलन हुदै आएको छ ।
नेकपा एमाले रुपन्देही अध्यक्ष शिव सुवेदीले भोलिको बन्दको कार्यक्रम यथावत रहेको जानकारी गराउनुभयो ।

आज बसेको संयुक्त संघर्ष समितिको बैठकले आन्दोलनलाई यथावत राख्ने निर्णय गरेको उहांले जानकारी दिनुभयो । विहान ७ बजे देखि सांझ ४ बजे सम्म बन्द हुने बताउनुभयो ।

aandolan-6a

badri-11

badri-4

badri-5