मंगलापुर मेलाको तयारी पुरा

1.3K

मंगलापुर मेलाको तयारी पुरा

tilotama-chamber-of-commerce-and-industry-logoबुटवल, २१ मंसिर । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २३ गतेदेखि मंगलापुरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सवको तयारी पुरा भएको छ ।

पुष ४ गतेसम्म सञ्चालन हुने मेलामा साढे २ सय स्टल रहने छन । मेलाको पुर्व सन्ध्यामा भोली प्रर्दशनीस्थल बाट जनचेतनामुलक मोटरसाइकल ¥याली निकालिने तयारी गरिएको छ ।

मेला तथा महोत्सवको पर्सी रक्षामन्त्री बालकृष्ण खाणले उदघाटन गर्ने कार्यक्रम रहेको संघका बरिष्ठ उपााध्यक्ष तथा मेलाका सह संयोजक दुर्गा प्रसाद खरेलले जानकारी दिनु भयो ।