अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता (विज्ञ्प्ती सहित)

1.3K

अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता (विज्ञ्प्ती सहित)

banda-firta

बुटवल, २१ मंसिर । अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता भएको छ । शर्त सहित अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता भएको संयुक्त संघर्ष समितिले जनाएको छ ।

सात दिन देखि बन्द रुपन्देही यही मंसिर २६ गते सम्मको लागि फिर्ता भएको संघर्ष समितिले केही समय अघि विज्ञ्प्ती जारी गरी जानकारी गराएको छ ।

२६ गते सम्मको लागि बन्द, हड्ताल, बाहेकका बिरोध जुलुश, सभा र बैठकहरु हुने विज्ञ्प्तीमा जनाइएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव गरेसंगै गत बुधबार देखि रुपन्देही वन्द भएको थियो ।