बुटवलमा हुने मेलाको तयारी तिब्र

1.3K

बुटवलमा हुने मेलाको तयारी तिब्र

bucci

बुटवल, २१ मंसिर । बुटवल उद्योग बाणिज्य संघले पुषमा हुने बुटवल ट्रेड फेयर औद्योगिक व्यापार मेलाको तयारी तिब्र पारिएको छ ।
पुष ८ गतेदेखि २३ गतेसम्म बुटवलमण्डमा हुने मेलाको तयारीका क्रममा गेट, सचिवालय स्टल निर्माणका काम भइरहेका छन भने अहिलेसम्म करिव २ सय स्टल दर्ता भएका छन ।

मेला आयोजक समिति अन्र्तगको सांस्कृतिक उपसमितिको आज सम्पन्न बैठकले मेलाका अवसरमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सहित सास्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । समितिका संयोजक टंक प्रसाद गैरेको अध्यक्षतामा बसेको बैठकले लोक दोहोरी गीत, लोक नृत्य, आमा नृत्य, श्रीमान श्रीमति नृत्य र लोक गीत प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता सञ्चालन गर्न बसन्त श्रेष्ठको संयोजकत्वमा लोक दोहोरी, सुन्दर गुरुङ्गको संयोजकत्वमा लोक नृत्य, चन्द्र अधिकारीको संयोजकत्वमा लोक गीत, डिला गाहाको संयोजकत्वमा आमा नृत्य, दीपक श्रेष्ठको संयोजकत्वमा बिबिध सांस्कृतिक र दीपक कार्कीको संयोजकत्वमा स्थानिय कलाकार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

सोही बैठकले लोक दोहोरीको प्रथम पुरस्कार ५१ हजार, द्धितिय पुरस्कार ४१ हजार र तृतिय पुरस्कार २६ हजार, लोक नृत्य प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १२ हजार र तृतिय पुरस्कार ८ हजार, आमा नृत्य प्रतियोगिताको प्रथम पुरस्कार ७ हजार ,द्धितिय पुरस्कार ५हजार र तृतिय पुरस्कार ३  हजार,  श्रीमान श्रीमती नृत्य प्रतियोगिताको  प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ५ हजार र तृतिय पुरस्कार २ हजार ५ सय र लोकनृत्य प्रतियोगिताको प्रथम पुरस्कार ७ हजार, द्धितिय पुरस्कार ५हजार र तृतिय पुरस्कार ३  हजार  दिने निर्णय गरेको छ ।