
बुटवल, २१ मंसिर । नेपाल मगर संघ, रूपन्देहीले “मगरात आन्दोलन, संविधान संशोधन प्रस्ताब दर्ता एवं मुलुकको वर्तमान अवस्था, नेपाल मगर संघको भूमिका“ बिषयक एक दिने प्रशिक्षण गरेकोे छ ।
संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले मगरात अवधारणा, सरकारको संविधान संशोधन प्रस्ताब र संघीय प्रदेश ४ र ५, मुलुकको समसामयिक वर्तमान अवस्था बारे सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमले सम्पूर्ण मगरहरु मगरात आन्दोलनका लागी हरक्षण तयार रहनु पर्ने ,राज्य पुर्नसंरचना बिशेष प्रस्ताब आंशिक रुपमा भए पनि सकारात्मक भएको तथा मगरात आन्दोलन र मुलुकलाई असहज, प्रतिकूल एवं घात हुने कसैले पनि आयोजना गरेको कार्यक्रम, सभा सम्मलेनमा मगरहरु सहभागी हुन नहुने निष्कर्ष निकालेको छ ।
नेपाल मगर संघ केन्द्रीय सदस्य एवं लुम्बिनी इन्चार्ज धन बहादुर पुन मगरले लुम्बिनी अञ्चलका संघको गतिबिधी तथा केन्द्रको महत्वपूर्ण निर्णय बारे जानकारी गराउनु भएको थियो ।
मगर हाङ रुपन्देहीका अध्यक्ष छत्र बहादुर दर्लामी, नेपाल मगर बिद्यार्थी संघ रुपन्देहीका अध्यक्ष मनिष फाल मगर, नेपाल मगर बुद्ध सेवा समाज रुपन्देहीका अध्यक्ष पार्वती घर्ती मगर, एवं नेपाल मगर महिला संघ रुपन्देहीका सह–कोषाध्यक्ष निर्मला थापा मगर, मगर चलचित्र कर्मी संघ केन्द्रिय सचिब शंकर गाहा, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष पहल सिंह राना मगर, नेपाल मगर पत्रकार संघ रुपन्देहीका सदस्य ज्ञान बहादुर थापा लगायतले मगरात भुमिको लागि संघर्ष गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
संघका रुपन्देही अध्यक्ष गिता सारु मगरको अध्यक्षता सचिव कमल थापा मगरको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा संघका भातृसंगठन, गाउँ एवं नगर समिति तथा मगर जाति सम्बद्ध संघ संस्थाहरुको अध्यक्ष एवं सचिव को उपस्थिती रहेको थियो ।