
काठमाडौं, २२ मंसिर । जलविद्युतको ब्यापक संभावना भएको सिन्ुधपाल्चोक जिल्लामा ४३ मेगावाटको अर्को ठूलो आयोजनाले बिद्युत बिकास बिभागबाट उत्पादन अनुमति पत्र प्राप्त गरेको छ ।
सिन्धुज्वाला हाईड्रोपावर कम्पनी प्रबद्र्धक रहेको माथिल्लो नेशमखोला जलबिद्युत आयोजना निर्माणका लागि बिद्युत बिकास बिभागले मंसिर ७ गते अनुमति पत्र प्रदान गरेको हो ।
आयोजना स्थानीय नेशम खोला र लामपोखरी खोलाको पानी उपयोग गरी निर्माण गरिने अनुमतिपत्रमा जनाईएको छ । जल प्रबाहमा आधारित रहने आयोजनाले हिउँद याममा समेत अधिकतम बिजुली उत्पादन गर्ने क्षमता राख्ने बताईएको छ ।
आयोजनाका प्रबद्र्धकहरुमा डा. गोबिन्दराज पोख्रेल, बद्रिबहादुर कार्की, चूर्णप्रसाद श्रेष्ठ लगायत हुनुहुन्छ । आयोजना निर्माणमा प्रति मेगावाट १५ करोड ३५ लाखका दरले जम्मा ६ अर्ब ६० लाख लाग्ने पुर्वानुमान गरिएको छ । आयोजना २०७५ सालसम्म निर्माण पुुरा गरी सर्बसाधारणमा सेयर जारी गर्ने प्रबद्र्धकहरुले बताएका छन् ।
आयोजनामा लगानी खुला भएकोले सर्वसाधारणले लगानी गर्न सक्ने कार्यालयले जनाएको छ ।