कपिलवस्तुको जितपुरमा मेला सुरु
कपिलवस्तु, २२ मंसिर । रक्षामन्त्री बालकृष्ण खांणले तराई र पहाड बीच प्राकृतिक श्रोत साधनले एक आपसको आवश्यकता पुरा गर्ने भएकाले पनि सिमाकंन मिलाउनु पर्ने बताएका छन् । उनले पहाडि समुदायको बाहुल्यता बढाउन मात्र नभई तराई र पहाड बीचको सदभाव मजबुत बनाउन प्रदेश सिमाकंन मिलाउनु पर्नेमा जोड दिएका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित बुद्धरंगशाला चारनम्बर जीतपुरमा आज आयोजित आठौं कपिलवस्तु महोत्सव उद्घाटन समारोहमा बोल्दै उनले संसदमा दर्ता गरिएको संविधान संशोधनले पहाडको साधन स्रोतमा तराईको पहुच र तराईको साधन स्रोतमा पहाडको पहुच पु¥याउन बाधा गर्ने बताएका छन् ।
अहिलेको प्रदेश सिमाकन विरुद्ध आन्दोलनमा उत्रिएको जनताको भावना सरकार र पार्टीमा राख्ने आश्वासन दिदै आफु पनि अहिले भएको सिमाकनको सुधारका पक्षमा रहेको बताए । सिमांकनको विषयमा पार्टी भित्र फरम मत राख्दै आएको जनाउदै उनले सवैको राजनीतिक दलको सहमतिमा संशोधन अघि बढाउनु पर्ने बताएका छन् ।

पहाड र तराईको भूभाग मिलाएर बुद्धजन्मस्थल लुम्बिनी सहितको नेपालकै विकासको आधारभूत जग बन्ने आधारसहित ५ नम्बर प्रदेश बनाएको बताउदै मन्त्री खाणले तराई र पहाडको प्राकृतिक श्रोत सहित विविध पक्षमा अन्योन्याशित सम्बन्ध रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सासद अतहर कमाल, नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेसका रबी आचार्य, माओवादी केन्द्रका अध्यक्ष भानुप्रकाश श्रेष्ठ, जनमोर्चाका हिमलाल वाग्ले लगाएतले आर्थिक विकासमा महोत्सवले टेवा पुग्ने बताउदै महोत्सवको सफलताको कामना गरेका थिए ।
सोही अवसरमा जिल्लामा गठित प्रदेश सिमाकन विरुद्ध गठित सर्बपक्षिय संघर्ष मुल समितिका संयोजक तथा एमाले जिल्ला अध्यक्ष झबिलाल पोखरेलले मन्त्री खाणलाई प्रदेश सिमाकन सच्याउन ज्ञापनपत्र दिएका थिए ।
कार्यक्रम कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद भट्टराईको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष गुणनिधी भुसालको स्वागत तथा महासचिव छविलाल रेश्मी मगरको संचालनमा सम्पन्न भएको थियो । आठौं कपिलवस्तु महोत्सव मंसिर २२ गते सुरु भई पुष ३ गते सम्म चल्नेछ । महोत्सव अवधीभर २ लाख दर्शकले मेला अवलोकन तथा ४ करोडको कारोवार हुने आयोजकले बताएका छन् ।