
प्रविण गाहा/खेमानन्द पाठक
बुटवल, २३ मंसिर । रक्षामन्त्री बालकृष्ण खांणले संविधान संशोधन प्रस्तावको विरुद्वको आन्दोलनलाई साम्प्रदायिक नबनाउन आग्रह गर्नु भएको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आज देखि मंगलापुरमा सुरु भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सव उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशमा चुरे र पहाडी क्षेत्र रहनु पर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै पार्टी र सरकारमा लविङ्ग गरिरहेको भन्दै यहां आएर जनता उत्तेजित बनाउने काम नगर्न आग्रह गर्नु भएको छ ।
उहांले संविधान संशोधनको विषयमा सरकारलाई हतार नगर्न आग्रह गरेको उल्लेख गदै सरकार अगाडी बढी सकेपनि सबैको सहमतिमा अघी बढ्नु विकल्प नभएको बताउनुभयो । यहांका उद्योगी व्यवसायीलाई आफ्नै व्यापार र उद्योग घेराउ गर्नु भन्दा हस्ताक्षर तथा सिहदरवार केन्द्रित दवाव दिन सुझाव दिनुभयो । सिमांकन जटिल काम भएको भन्दै सबैको सहमति साथ अघी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
देशमा विभिन्न खाले विचार आएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र विकल्प नभएको हुदा सबै मिलेर यसलाई सफल बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका रक्षामन्त्री खांणले आफुले सम्पुर्ण पद छोड्न तयार भए पनि कांग्रेस छाड्न नसक्ने उल्लेख गर्नुभयो । संविधान संशोधनको विषयमा यस क्षेत्रका जनताको मत संग आफु सहमत रहेको बताउनुभयो । उहांले लुम्बिनीको सुदुर भविष्यको लागि पनि लुम्बिनी प्रदेशमा चुरे र पहाड क्षेत्र हुनुपर्ने धारणा राख्नुभयो ।
रुपन्देही क्षेत्र नं. ३ का सांसद समेत रहेका रक्षामन्त्री खांणले रुपन्देहीमा निर्माणाधिन ठुला आयोजनाको लागि निर्माण सामाग्री उत्खनन्मा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीलाई आग्रह गर्नुभयो । उहांले निर्माण सामाग्री उत्खनन्मा असहयोग गर्नेलाई रुपन्देहीमा टिक्न नदिने चेतावनी दिनुभयो ।
त्यस्तै उहांले तिलोत्तमा क्षेत्रमा बहुआयामिक प्रयोगको लागि सार्वजनिक जग्गा खोज्न आग्रह गदै त्यसमा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सासद सोनिया यादवले संघीयताको विषयमा भ्रम नफैलाउन आग्रह गर्नुभयो । मधेस र पहाडीको उत्तिकै राष्ट्रवादी भएको भन्दै सांसद यादवले प्रदेश बनाउदा अलग्गै देश बनाउदैछ भन्ने भ्रम फैलाउने काम भैरहेको बताउनुभयो ।
मधेसमा बस्नेलाई तिमीसंग राष्ट्रको माया छैन भन्ने प्रचार भएको भन्दै दुई समुदायको मुठभेड भयो भने त्यसको जिम्मेवारी कस्ले लिने भन्दै विखण्डन र राष्ट्रवादको कुरा नउठाउन चेतावनी दिनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य लिला गिरीले प्रदेश नम्बर ५ का दुई तिहाई जनता संविधान संशोधनको विपक्षमा भएको दावी गदै उक्त विधेयक फिर्ता लिन आग्रह गर्नुभयो । उहांले किसानको क्रयशक्ति बढ्ने खालका कार्यक्रम ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भारत र चीन संगको सिमालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहांले मेलाले उद्यमशिलता र स्वरोजगार बढाउन मद्धत पुग्ने बताउनुभयो ।
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष झम बहादुर गुरुङ्गले पहिचान, नामाङकन र सिमाङकन सहितको संविधान घोषणा गर्दा समस्या भएको भन्दै राष्ट्रियताको नाममा विखण्डन गर्न नहुने उल्लेख गर्नुभयो । उहांले संघीयताले देश नटुक्रिने हुदा त्यसले देश जोडिने बताउनुभयो ।
रुपन्देहीका स्थानिय विकास अधिकारी युवराज सुवेदीले अहिलेका उद्योग आयातित कच्चा पदार्थमा निर्भर रहेको हुदा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले केही दिन अघि भैरहवामा व्यवसायी माथी भएको गोली प्रहारको भ्रत्सना गर्नुभयो ।
पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधी खरेलले मेलामा आउने दर्शकको लागि आफुहरुले सहज यातायात व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कांग्रेस नेतृ मनोरमा शेरचनले प्रदेश नम्बर ५ लाई नटुक्राउन सरकारसंग आग्रह गर्नुभयो । संघका अध्यक्ष गुणनिधी भण्डारीले मेलाले कृषि, पर्यटनको विकासमा सहयोग पुग्ने आफुहरुले अपेक्षा लिएको बताउनुभयो ।

मंगलापुरमा मेला सुरु
तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आज देखि मंगलापुरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सव सुरु भएको छ । मेलाको रक्षामन्त्री बालकृष्ण खांणले उद्घाटन गर्नुभयो ।
आर्थिक विकासका राष्ट्रिय आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ आज मंसिर २३ गते देखि सुरु भएको मेला पुस ४ गते सम्म चल्नेछ । तीन सय स्टल रहेको मेलामा पांच लाख दर्शकले अवलोकन गरी १५ करोडको कारोवार गर्ने आयोजकको लक्ष्य रहेको छ ।

मेलामा शंकरनगर वनवाटिकाबाट लगिएका जनावरहरु, रोबटबाट सामान ओसार पसारको व्यवस्था, मंसिर २८ गते देखि १६ जिल्लाको क्षेत्रीय भलिवल, मेलामा सांस्कृतिक कार्यक्रम अन्र्तगत डान्सिङ, सिङगिङ, विद्यालय स्तरीय नृत्य, लोक दोहोरी प्रतियोगिता हुनेछ । मेलामा सर्वसाधारणलाई ३५ र विद्यार्थीको लागि २५ (परिचयपत्र अनिवार्य) रुपैयाको टिकटमा प्रवेशको व्यवस्था रहेको छ ।

भलिवलको प्रथम पुरस्कार एक लाख रुपैया, डान्सिङ र सिङगिङको प्रथम पुरस्कार ५०/५० हजार र लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार रुपैया पुरस्कार रहेको छ । मेलामा ख्यातिप्राप्त हास्यकलाकार, चर्चित गायक, गायिकाले मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रम अघि तिलोत्तमा क्षेत्रमा रहेका विभिन्न संघ/संस्थाले झाकी सहितको ¥याली निकालेका थिए ।