
ललित पाण्डेय/
सैनामैना, २३ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यालयमा लगाईएको तालाबन्दी आज खुलाईएको छ ।
सैनामैना नगरपालिकालाई गाउपालिका बनाउने षडयन्त्र भएको भन्दै नगरपालिकामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुले १८ गते बाट लगाईदिएका थिए । नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति राम प्रसाद अधिकारीको नत्तृवमा बसेको सैनामैना सर्वदलिय बैठकको निर्णयले तालावन्दी खुलाईएको हो ।
६ दिन सम्म तालावन्दी नखुल्दा सेवाग्राही प्रभावित भएकाले तालावन्दी खुलाईएको नेकपा एमाले सैनामैनाका संयोजक चित्र बहादुर केसीले जानकारी दिनु भयो ।