मेलामा दोस्रो दिन दश हजार दर्शक

1.3K

मेलामा दोस्रो दिन दश हजार दर्शक

gate

रोवर्टमा विद्यार्थी र दर्शकको रुची
बुटवल, २४ मंसिर । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हिजो देखि मंगलापुरमा सुरु भएको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटज प्रवद्र्धन महोत्सवमा आज शुक्रवारबाट बिभिन्न कार्यक्रमहरु सुरु भएका छन् ।

आजदेखि सांस्कृतिक कार्यक्रम अन्र्तगत नृत्य र गायन प्रतियोगिता सुरु भएको छ । करिव एक सय बढीको प्रारम्भिक प्रतिस्पर्धाबाट टप १० छनौट गरी आजबाट दुबैप्रतियोगिता सुरु भएको कार्यक्रम संयोजक धन बहादुर गुरुगंले जानकारी दिनुभयो ।

प्रतियोगितामा दुवै बिद्याका प्रथम द्धितिय र तृतियलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद सहित पुरस्कृत गरिने छ । मेला तथा महोत्सवको दोश्रो दिन करिव १० हजारले अवलोकन गरेका छन ।

पहिलो पटक आयोजना भएको मेलामा पनि सुरुबाटैदर्शक र  आर्थिक कारोवार उत्साहजनक रहेको मेलाका मुल संयोजक तथा संघका अध्यक्ष गुणनिधी भण्डारीले जानकारी दिनुभयो ।

मेलामा राखिएको यान्त्रिक मानव (रोवर्ट) प्रति बिद्यार्थी सहितका दर्शकले निकै रुचि लिएका छन । पुष ४ गतेसम्म चल्ने मेलाको हिजो रक्षामन्त्रि बालकृष्ण खाणले उदघाटन गर्नु भएको थियो ।