पाल्पा बन्द फिर्ता, गुल्मी यथावत

1.3K

पाल्पा बन्द फिर्ता, गुल्मी यथावत

gulmi-baletaksar

बुटवल, २५ मंसिर । शर्त सहित पाल्पा बन्द फिर्ता भएको छ । मंसिर १५ गते देखि निरन्तर बन्द हुदै आएको पाल्पा बन्द आज देखि फिर्ता भएको छ । पाल्पामा आज मानव साङलो प्रदर्शन गरिएको थियो । पाल्पाबाट पत्रकार देव पचभैयाले पुस १ गते सम्म शर्त सहित बन्द फिर्ता भएको लुम्बिनी अनलाईनलाई जानकारी गराउनुभयो ।

उता गुल्मी जिल्लामा भने बन्द कायमै रहेको छ । गुल्मीमा आज लाठी जुलुश प्रदर्शन गरिएको थियो । गुल्मीमा भोलिको वन्द यथावत रहेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद भलामीले जानकारी दिनुभयो । उहांले भोलि विहान आठ बजे छलफल गरेर आगामी रणनीति बनाउने लुम्बिनी अनलाईनलाई जानकारी दिनुभयो ।

गुल्मीमा पर्सी २७ गते विशाल आमसभा राखिएको संयुक्त आन्दोलन परिचालन युवा समितिका संयोजक भरत भलामीले जानकारी गराउनुभयो । उक्त सभालाई नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका टोप बहादुर रायमाझी लगायतका नेताहरुले संबोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नं. ५ का पहाडी जिल्ला अन्य जिल्लामा राख्ने गरी सरकारले मंसिर १४ गते संविधान संशोधन प्रस्ताव दर्ता गरे पछि गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखांची, रुकुम, रोल्पा र प्युठानमा आन्दोलन भएको थियो ।