
नृत्य तथा गायन प्रतियोगिता टप नौ मा
बुटवल, २५ मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरमा सञ्चालन गरेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा साँस्कृति कार्यक्रम तर्फ आयोजना गरेको सिंङ्गिङ् आईडियल र डान्सीङ् आईडियल टप ९ मा झरेको छ ।
साँस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङ्का अनुसार शनिबार साँझसम्म भोटिङ् सकिएकाले प्राप्त भएको भोटलाई गनेर आईतबार नतिजा सार्वजनिक गरिने छ । सिङ्गिङ् तथा डान्सीङ् आईडिएल शुक्रबारदेखि सुरु भएको थियो । उक्त प्रतियोगिताको प्रारम्भिक प्रतिस्पर्धामा सय बढी प्रतिभाहरु आएका थिए । प्रतियोगितामा दबै बिद्याका प्रथम द्वितीय र तृतियलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै शनिबार लोक तथा दोहोरी गायिका राधिका हमाल, चन्द्र शर्मा, हास्य कलाकार दिनेश काफ्ले, कुलेन्द्र बिश्वकर्मा, रोमा न्यौपाने लगायतले दर्शकलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै लोकदोहोरी प्रतियोगिता पनि भएको छ । आईतबार बद्रि पंगेनी लगायतका कलाकार आउने सांस्कृति उपसमितिले जनाएको छ । त्यस्तै लोकदोहोरी प्रतियोगिता अन्तरगतका कार्यक्रम पनि जारी रहने छन् ।
मेला तथा महोत्सवको तेस्रो दिन शनिबार करिव २५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । तिलोत्तमा नगरपालिकामा पहिलो पटक आयोजना भएको मेलामा पनि सुरुबाटै दर्शकको आकर्षण र आर्थिक कारोवार उत्साहजनक रहेको मेलाका मुल संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारीले बताउनु भयो ।
त्यस्तै प्रदर्शनीलाई प्रदर्शनीकै रुपमा बिकास गरिने र त्यसकालागि तिलोत्तमा नगरपालिका भित्र हुन सक्ने बिकासका सम्भावनाको खोजी गरिने महासचिव माधवलाल देवकोटाले बताउनु भयो । मेलामा तिलोत्तमा नगरको नगर बिकास योजना, त्यहाको कृषि तथा पशुपालन, उद्योग व्यापारको सम्भावना सम्बन्धि छुट्टाछुट्टै गोष्ठी तथा अन्तरक्रिया गरिने उक्त उपसमितिका संयोजक सुरज पंगेनीले जानकारी गराउनु भयो ।