पुसमा तीन दिन वन्द (विज्ञ्प्ती सहित)

1.3K

पुसमा तीन दिन वन्द (विज्ञ्प्ती सहित)

badri-5

बुटवल, २६ मंसिर । संयुक्त संघर्ष समिति रुपन्देहीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंसिर १५ देखि २१ गते सम्म रुपन्देही वन्द गरेको संघर्ष समितिले आज विज्ञ्प्ती जारी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

समितिले जारी गरेको विज्ञ्प्तीमा भोलि मंसिर २७ गते तयारी बैठक तथा भेला, मंसिर २८ गते युवा विद्यार्थी जुलुश १ घण्टा चक्का जाम तथा कोणसभा, मंसिर २९ गते महिलाहरुको जुलुश एक घण्टा चक्काजाम तथा कोणसभा, मंसिर ३० गते सिठी जुलुश बेलुका ५ बजे रहेको छ । त्यस्तै पुस १, २ र ३ गते आम हडताल घोषणा गरेको संघर्ष समितिले जनाएको छ ।

सरकारले मंसिर १४ गते संसद संचिवालयमा दर्ता गराएको संविधान संशोधनको विरुद्वमा संघर्ष समितिले मंसिर १५ देखि २१ सम्म बन्द तथा आम हड्ताल गरेको थियो ।

banda-3-day

प्रेस विज्ञप्ती

नेपालको राष्टिय स्वाधिनता र अखण्डतामा गम्भिर असर पर्ने गरी वर्तमान सरकारले मंसिर  १४ गते संसद सचिवालयमा दर्ता गरेको प्रदेश नं ५ को बिभाजन, भाषा लगायतका बुँदाहरुको संशोधनले सामाजिक सद्भाव विथल्दै राष्ट्रियता कमजोर बनाउने वर्तमान सत्ता गठबन्धन क्रियाशिल रहेको कुरा स्पष्ट भएको छ ।

लोकतन्त्रको सवैभन्दा सुन्दर पक्ष जनअभिमत हो तर वर्तमान सरकारले ५ नम्बर प्रदेशका जनताको भावना र मर्म विपरित, संविधानको धारा २७४ (४) को वर्खिलाप ल्याएको प्रस्ताव जनमत, राजनीतिक, संवैधानिक हरेक हिसावले गलत छ भन्ने हाम्रो ठहर छ ।  

वर्तमान सरकारले मंसिर १४ गतेबाट जनस्तरमा उठेको विशाल जनप्रदर्शन सहित राजनीतिक दल र नागरिक समाजको आन्दोलनको मागलाई नजर अन्दाज गरेको छ । उक्त मागको संबोधन गर्न आजसम्मको अल्टिमेटम दिएकोमा सरकारले त्यसतर्फ पूर्ण वेवास्था गरेका कारण हामी थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य भएका छौं । राष्ट्रियता, राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्न हरेक राष्ट्रवादी स्वाभिमानी आम जनसमुदायमा विगत आन्दोलनमा जस्तै आगामी आन्दोलनका सबै कार्यक्रममा पनि साथ सहयोग र सक्रिय सहभागिताका लागि हार्दिक आब्हान गर्दै निम्न कार्यक्रमहरु घोषणा गर्दछौं ।

१) २०७३ मंसिर २७ गते तयारी बैठक तथा भेला
२) २०७३ मंसिर २८ गते युवा विद्यार्थी जुलुश १ घण्टा चक्का जाम तथा कोणसभा  
३) मंसिर २९ गते महिलाहरुको जुलुश १ घण्टा चक्काजाम तथा कोणसभा
४) मंसिर ३० गते सिठी जुलुश बेलुका ५ बजे
४) २०७३ पौष १, २ र ३ गते आम हडताल

यि आन्दोलनका कार्यक्रम सम्पन्न भइसक्दा समेत आन्दोलनका माग सम्बोधन हुन नसकेमा त्यसपछि थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी गराउँदछौं ।

मिति ः २०७३।०८।२६
संयुक्त संघर्ष समिति
रुपन्देही