सोमबार तम्घासमा विशाल आमसभा

1.3K

सोमबार तम्घासमा विशाल आमसभा

gulmi-baletaksar

कांग्रेस, माओवादी र एमालेका नेताले संबोधन गर्ने
बुटवल, २६ मंसिर । गुल्मी वन्दको १३ औं दिन भोलि गुल्मीको सदरमुकाम तम्घासमा विशाल आमसभा हुने भएको छ । भोलि दिउसो एक बजे तम्घासको चिदीचौरमा विशाल आमसभा हुने संयुक्त संघर्ष समितिले जनाएको छ ।

संयुक्त संघर्ष समिति गुल्मीले भोलि तम्घासमा शक्ति प्रदर्शन गर्ने भएको छ । सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सासद चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका नेता तथा अर्घाखांचीका सासद टोप बहादुर रायमाझी, नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली लगायतका नेताले संबोधन गर्ने संयुक्त संघर्ष समिति गुल्मीका संयोजक तथा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो ।

सरकारले मंसिर १४ गते संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोधमा मंसिर १५ गते देखि गुल्मीमा सुरु भएको वन्द, हडतालको कार्यक्रम जारी रहेको छ । यस क्षेत्रका अन्य जिल्लामा यस अघि नै वन्द फिर्ता भए पनि गुल्मीमा वन्द कायमै रहेको छ ।

हरेक दिन सांझ ५ बजे देखि विहान ६ बजे सम्मको लागि वन्द खुल्ने गरेको छ । गुल्मीमा जिल्ला प्रशासन घेराउ, प्रदेश नम्बर ५ को बोर्ड राख्ने, सडक सफा, सिठी बजाउने, लाठी जुलुश, राके जुलुश, विभिन्न क्षेत्रमा सभाहरु ल्गायतका कार्यक्रम हुदै आएको छ ।

गुल्मीमा सुरुका केही दिन शिक्षण संस्था बन्द भएपनि अहिले शिक्षण संस्था बाहेक अन्य बन्द हुदै आएको छ ।