पार्टी घेराभित्र रहेर समस्याको समाधान निस्किदैन

1.3K

पार्टी घेराभित्र रहेर समस्याको समाधान निस्किदैन

karntikari

बुटवल, २६ मंसिर । नेपाल कम्युिनष्ट पार्टी (क्रान्तिकारी माओवादी)केन्द्रीय सचिवालय सदस्य इन्द्रमोहन सिग्देल(बसन्त)ले नेपालको राजनीति पिलो जस्तैं बनेको टिप्पणी गर्नुभएको छ ।

पिलोको खिल राम्रोसंग ननिस्किदा सम्म त्यो सञ्चो नभई दोहोरो–तेहेरो मुख भई दुःख दिएजस्तैं अहिले नेपालको राजनीति त्यही भएको बताउनुभयो । नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैं सिग्देलले सो टिप्पणी गर्नुभएको हो ।

अखण्ड अर्घाखांची, गुल्मी, पाल्पामा चलेको आन्दोलन पिलोको खिल नलिकालेर भएजस्तैं भएको उहांले बताउंनुभयो । पार्टी घेराभित्र रहेर समस्याको समाधान ननिस्केने भन्दैं उहां नेपालमा राजनैतिक क्रान्ति नभएकाले समस्या वल्झिदैं गएको उहांले दावी गर्नुभयो । अर्का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले राष्ट्रिय स्वाधिनता र जनताको अधिकार सुनिच्चित हुंने गरि दलहरु गम्भिर हुंनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङले सबैका अधिकार र अपनत्व हुंने खालको संविधान संशोधन हुंनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले, रुपन्देहीका सदस्य ऋषिराम पाण्डे, नेकपा माओवादी, रुपन्देहीका सेक्रेटरी शरद ओली, राजमोका बाबुराम आचार्य, संघीय समाजवादी फोरम, रुपन्देहीका सदस्य अशोक वर्मा, नेपाली कांग्रेसका फणेण्द्र शर्मा वाग्ले लगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टी, रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्षता, सचिवालय सदस्य के.जी.कुमार पौडेलको संचालन र रुपन्देही क्षेत्र नं ४ का इन्चार्ज विनोद मरासिनीको स्वागतमा सम्पन्न भएको थियो ।