
बुटवल, २७ मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको मंगलापुरमा सञ्चालन गरेको प्रथम औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा रहेका स्टलहरुका बाणिज्य कार्यालय रुपन्देहीको टोलीले अनुगमन गरेको छ ।
मेलाका स्टलहरुमा रहेको खाध्यान्नहरुको गुणस्तर कस्तो छ, लेवलहरु सहि छन् की छैनन् भन्ने हेतुले मेलामा पनि अनुगमन गरिएको बाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताउनु भयो । अनुगमनबाट मेलामा राखिएका खाध्य बस्तुहरु सन्तोषजनक पाईएको पनि उहाँले बताउनु भयो ।
एकाध रुपमा रहेका खाध्यान्नहरुमा मुल्य नरहेको पाईएको र त्यसलाई तत्काल सुधार गर्न सुझाव दिईएको उहाँले बताउनु भयो । मेला तथा महोत्सवमा राखिने लत्ताकपडा तथा खाध्यान्नहरु न्युन गुणस्तरका हुने कुराहरु आएकाले त्यसलाई सुधार गर्नकालागि मेलामै अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।
औद्योगिक प्रदर्शनीको सोमबार चौंथोदिन पनि दर्शकको उल्लेखनीय उपस्थिती रहेको आयोजकले बताएका छन् । तिलोत्तमा नगरपालिका हरेक हिसावले सम्भावना बोकेको क्षेत्र पनि भएकाले त्यस्ता सम्भावनाहरुको पहिचान गर्ने र पहिचान भएका सम्भावित क्षेत्रहरुमा लगानी बढाउनकालागि मेला फलदायी हुने मेला आयोजक मुल समितिका संयोजक तथा संघका अध्यक्ष गुणानिधी भण्डारीले बताउनु भयो ।
त्यही सम्भावनाको खोजीका लागि संघले मेला अवधीमै तिलोत्तमाको समग्र एकिकृत बिकास सम्बन्धि अन्तरक्रिया गर्ने तयारी गरेको छ । गोष्ठी तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीका अनुसार तिलोत्तमाको समग्र एकिकृत बिकास तथा कृषि एवम् पशुपालन सम्बन्धि अन्तरक्रिया गरिने छ । प्रदर्शनी अन्तरगत सोमबार लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र गुल्मीका बिचमा पहिलो चरणको अन्तिम प्रतियोगितामा भएको छ ।
यस अँगाडी एसके म्युजिक बुटवल, लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा र गोधुली रोधी घर बुटवल क्वाटर फाईनलमा प्रवेश गरिसकेका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियोगिता अन्तरगतका कार्यक्रम पनि भईरहेका छन् । आज भएको दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान बिजयी भएको छ ।
यसैविच भोली हुने क्वाटर फाइनल प्रतियोगीता एस के म्युजीक बुटवल र लोक तथा दोहोरी गीत प्रतिष्ठान विच हुने भएको छ । त्यसतै मेलामा आज लोक तथा दोहोरी गायक कृष्ण रेउले, देवी घर्ति, हास्य कलाकारहरु मुलाको साग र जोगिन्दरले प्रस्तुती गरेको सास्कृतिक कार्यक्रम संयोजक धन बहादुर गुरुङ्गले बताउनु भयो ।