
सैनामैनामा हुने महायज्ञको तयारी पुरा
ललित पाण्डेय/
सैनामैना, २७ मंसिर । रुपन्देहीको सैनामैना बुद्धनगरमा भोली देखि सञ्चालन हुन लागेको श्रीमद् भागवत धनधान्याञ्चल पितृमोक्ष्य राष्ट्र शान्ति प्रेम माहायज्ञको तयारी पुरा भएको छ ।
बहुउद्दश्यीय सामुदायिक भवन, शिवालय मन्दिर तथा दुर्गा मन्दिर निर्माणको लागि माहायज्ञ सञ्चालन गर्न लागिएको यज्ञ सम्पादन मुल आयोजक समितिका अध्यक्ष ईश्वरी घिमिरेले जानकारी दिएका छन् । हिन्दु धर्म माथि भईरहेको अतिक्रमण रोक्नको लागि पनि महायज्ञ आवश्यकता परेको घिमिरेले बताए ।
महायज्ञको पुर्व सन्ध्यामा आज यज्ञ मण्डपमा रुद्रिपुजा पनि गरिएको छ । भोली बिहान ८ बजे कलश यात्रा सहित विभिन्न संघ सस्थाको ¥यालि झांकी प्रर्दशन बुधबार बिहान ७ बजेदेखि ११ बजे सम्म नियमित पुजा, ११ बजे देखि दिउसो ४ बजे सम्म कथा प्रवचन र साझ ४ बजे आरती सहित महायज्ञ सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
महायज्ञमा दैनिक भुवन घिमिरे बाट कथा बाचक हुने छ । बुद्धनगर बासी र जननी जनसेवा ट्रष्ट कपिलबस्तुको आयोजनामा महायज्ञ सञ्चालन हुने छ । १ करोड ५० लाख दान संकलन हुने आयोजकले लक्ष्य लिएको छ ।
महायज्ञमा रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा बाट पनि भक्तजन आउने आयोजकले बताएको छ ।