धामको महायज्ञमा ४० लाख संकलन

1.3K

धामको महायज्ञमा ४० लाख संकलन

nilakantha-baba-dham

बुटवल, २८ मंसिर । निलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रम बुटवल ९ दीपनगरमा जारी शिवपुराण महायज्ञमा करिब ४० लाख संकलन भएको छ ।

धामले अधुरो रहेको सन्तोषीमाता गुरुकुल आश्रमको भवनलाइ पूर्णता दिनका लागि महायज्ञको आयोजना गरेको हो । धामले मंसिर १९ गतेदेखि शुरु गरेको शिवपुराण तथा धनधान्यञ्चल ज्ञान महायज्ञ महायज्ञमा पण्डित कथावाचक आचार्य प. खिवराज न्यौपानेले संगीतमय कथा बाचन गरिरहेका छन् ।

सो महायज्ञमा गोप्य दानगर्नेहरुको संख्या पनि उल्लेख्य रहेको महायज्ञ मुल समारोहका संयोजक तथा धामका संरक्षक देवमायँ भट्टराईले बताइन् । महायज्ञ मंसिर ३० गतेसम्म चल्नेछ । सो अवसरमा, लाखबत्ती, चौरासी, ब्रतबन्ध, आरती, भजनकृतन तथा दैनिक रातीमा पनि भजन भैरहेको सहसंयोजक चूरामणि पौडेलले बताए ।

निलकण्ठ बाबाधाममा अहिले ७० जना विद्यार्थीले संस्कृत विद्या आर्जन गरिरहेका छन् । तर उनीहरुले विद्याश्रम संचालनका लागि राज्यबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् ।