दोहोरी गीतमा एसके म्युजिक बुटवल फाईनलमा

1.3K

दोहोरी गीतमा एसके म्युजिक बुटवल फाईनलमा

dohori

बुटवल, २८ मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको मंगलापुरमा सञ्चालन गरेको प्रथम औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन भएको लोक तथा दोहोरी गीत प्रतियोगितामा एसके म्युजिक बुटवल फाईनलमा प्रवेश गरेको छ । मंगलबार लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जासंग सेमि फाईनलको प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै सेमिफाईनलको अन्तिम प्रतिस्पर्धा बुधबार लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही ए र गोधुली रोधी घर बुटवलका बिचमा हुने सास्कृतिक कार्यक्रम अन्तरगत जुरी निर्णायक राधेश्याम राजभण्डारीले बताउनु भयो । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियोगिता पनि भईरहेको छ । त्यस्तैगरी मंगलबार गायिका कोमल ओली, नविन पौडेल, श्रीस देवकोटा, करिस्मा ढकाल, सीलु भट्टराई, सरोज लामा लगायतका कलाकारले सांगितिक प्रस्तुती गर्नुभएको साँंस्कृतिक कार्यक्रम व्यबस्थापन समितिका संयोजक धनबहादुर गुरुङ्ले जानकारी दिनुभयो ।

मेलामा प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले पनि अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले दर्शकको उल्लेखनीय उपस्थिती रहनुले मेला सफल हुने विश्वास व्यक्त गर्दै मेलालाई मर्यादित बनाउन र लक्ष्य प्राप्ती हुने गरि काम गर्न आयोजकलाई सुझाव समेत दिनुभयो ।

मेलामा बुधबारदेखि अग्नी सिमेन्टको प्रायोजनमा राष्ट्रिय भलिवल प्रतियोगिता हुँदैछ । अग्नी सिमेन्ट कप राष्ट्रिय भलिवल प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रका १६ टिम सहभागि हुने प्रतियोगिताका संयोजक सुदिप कंडेलले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार नगद पुरस्कार सहित मेडल र कप प्रदान गरिने छ ।

त्यस्तै सेमिफाईनलमा प्रतिस्पर्धा गरेका दुई टिम र उत्कृष्ट तीन जना खेलाडीलाई पनि नगद जनही १० हजार रुपैंया सान्त्वना पुरस्कार प्रदान गरिने छ ।