बुटवल, २८ मंसिर । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलले आफ्नो ३९ औं वार्षिकोत्सव समारोह विबिध कार्यक्रम गरि मनाएको छ ।
३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुंद प्रतियोगिता अन्र्तगत मैत्रीपूर्ण फुटवल प्रतियोगिता, महिला प्रहरीबीच रस्साकस्सी खेल र टेवल टेनिस, फुटवल, बौद्धिक्तवकला लगायतका खेल खेलाईएको थियो । प्रहरी जवानबीच भएको खेल प्रतियोगिता मैत्रीपूर्ण भएको थियो ।
सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले वार्षिकोत्सवमा आयोजना गरिएको खेलकुंद प्रतियोगिताले प्रहरी जवानको मनोवल बढाउने काम भएको बताउनुभयो । प्रहरीलाई शारिरिक र बौद्विक विकासका लागि विभिन्न प्रकारका खेल खेलाउन आवश्यक रहेको बताउनुभयो ।
उहांले जनतालाई शान्ति सुरक्षाको प्रथ्याभूति गराउने प्रहरीको प्रमुख दायित्व भएको बताउंदै आफ्नो दायित्व पुरा गर्न दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । सोही अवसरमा तालिम केन्द्रको भौतिक विकासका लागि आर्थिक सहयोग गर्ने व्यवसायी विशाल गैरे, जगत कार्की, पदम के.सी, सन्दिप शर्मा, निर्मल श्रेष्ठ, खुमबहादुर थापा, अनिल श्रेष्ठ प्रहरी निरिक्षक प्रदीप डिसी र बसन्त रानालाई कदर पत्रले सम्मान गरिएको थियो ।
प्रहरी नायव उपरिक्षक मेघराज कंडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व समादेशक प्रहरी उपरिक्षक बिमलकुमार थापा, समादेशक कमलबहादुर जीटी लगायतले भनाई राख्नुभएको थियो । सोही समारोहमा तीन लाख रुपैयाको आकस्मिक प्रहरी सहयोग अक्षय कोषको समेत समादेशक कमल जिटीले घोषणा गर्नु भएको थियो ।