
बुटवल, ३० मंसिर । लायन्स क्लब अफ बुटवलद्वारा लायन्स अन्तर्राष्ट्रिय स्थापनाको १०० औं वर्षको अवसरमा रुपन्देही जिल्लाका विभिन्न १०० स्थानमा एक्सन १००, भिजन १०० भन्ने नाराका साथ संचालित कार्यक्रम अन्तर्गत निःशुल्क आ“खा परीक्षण शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
बुटवल लायन्स आ“खा अस्पताल÷लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, बुटवलको प्राविधिक सहयोग र लायनेस क्लब अफ बुटवल तथा लियो क्लब अफ बुटवलको सहकार्यमा सूर्र्योदय प्राथमिक विद्यालय, बुटवल १३ मजुवामा आँखा परीक्षण तथा चस्मा वितरण गरिएको हो । शिविरमा विद्यालयका १०३ जना विद्यार्थीहरुको आ“खा जांच गरिएकोमा ५ जना विद्यार्थीमा दृष्टिदोष देखा परेको थियो ।
सो अवसरमा ३ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण र २ जनालाई थप उपचारका लागि बुटवल लायन्स आ“खा अस्पतालमा पठाईएको कार्यक्रम संयोजक संजय जयसवालले बताउनु भयो ।