आमहड्तालको पहिलो दिन (फोटो फिचर)

1.3K

आमहड्तालको पहिलो दिन (फोटो फिचर)

hadtal
बन्द अवज्ञा गरेको भन्दै रिक्साको समेत हावा फुस्काईदिए
खेमानन्द पाठक/
बुटवल, १ पुस । सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव  फिर्ता गराउन दवाव दिनकालागि संयुक्त संघर्ष समिति रुपन्देहीले आह्वान गरको आम हड्तालको अवज्ञा गरेको भन्दै बुटवलको राजमार्ग चौराहामा आन्दोलनकारीले रिक्साको समेत हावा फुस्काईदिएका छन् ।

hadtal-1

आज देखि शुरु भएको तीन दिने आम हड्तालको पहिलो दिन बुटवल पूर्ण रुपमा ठप्प छ । बिभिन्न चोकहरुमा नेता तथा कार्यकर्ताहरु परिचालित छन् । चौराहामा एमाले रुपन्देहीका पूर्व अध्यक्ष भोजप्रसाद श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालित छ ।

hadtal-2

हप्ता दिन अँगाडी नै बिज्ञप्ती प्रकासन गरी घोषणा गरिएको आन्दोलन शान्तिपुर्वक रुपमा गरिने उल्लेख गरिएको थियो । यद्यपी आन्दोलनमा परिचालन भएका प्रदर्शनकारीले आन्दोलनलाई अराजकता तर्फ मोडेको कतिपय व्यक्तिहरु बताउँछन् । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यापनरत प्राध्यापक गोपालप्रसाद पाण्डेले सडकमा हिडेका रिक्साको हावा फाल्ने काम नाजायज भएको बताउनु भयो ।

hadtal-3

बन्दका क्रममा खासै रिक्सा तथा साईकल समेत सडकमा गुडेका छैनन् । एकाध रुपमा गुडेका रिक्साको समेत हावा फाल्ने कामले सर्वसाधारणलाई हैरानी भएको छ । आन्दोलनकारीले बुटवलको कालिकानगरमा रहेको चौराहा हस्पिटलमा बिरामीका आफन्तलाई छोड्न हिँडेको रिक्साको  हावा फालिदिएपछि बिरामीका आफन्त अस्पताल हिँड्दै गएका थिए ।

hadtal-4

संयुक्त संघर्ष समितिको बन्द आह्वानका कारण पाँच नम्बरमा पर्ने रुपन्देही सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, नवलपरासीको दाउन्ने पश्चिम, रुकुम, रोल्पा लागयतका जिल्लामा बन्दको प्रभाव परेको संवाददाताहरुले बताएका छन् । आन्दोलनकारीले बिहानै देखि सडकमा उत्रिएर बिरोध ¥याली प्रदर्शन गरेका थिए । आह्वान गरिएको आमहड्तालका कारण यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् ।

hadtal-5

संशोधन प्रस्ताव विरुद्ध आह्वान गरिएको आन्दोलनमा अन्य जिल्लामा सत्तारुढ दल नेपाली काँग्रेस समेत आन्दोलनमा उत्रिएपनि रुपन्देही जिल्लामा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र सत्तारुढ  दल नेपाली काँग्रेसको भने संलग्नता छैन । रुपन्देही सहित पाल्पा, अर्घाखाँची, कपिलवस्तुमा दोस्रो चरणमा आम हड्ताल आह्वान गरिएपनि गुल्मी जिल्लामा भने बन्द हड्तालको आन्दोलन १७ दिनदेखि निरन्तर छ ।

hadtal-6