तम्घासमा झडप प्रहरी र आन्दोलनकारी घाइते (भिडियो सहित)

1.3K

तम्घासमा झडप प्रहरी र आन्दोलनकारी घाइते (भिडियो सहित)

gulmi

तस्वीर र भिडियो सौजन्य राजेश सेन
राम प्रसाद भण्डारी/
बुटवल, १ पुस । गुल्मीको सदरमुकाम तम्घासमा झडप भएको छ । मंसिर १५ देखि निरन्तर वन्द हुदै आएको तम्घासमा केही समय अघि झडप भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने क्रममा झडप भएको गुल्मीबाट पत्रकार तिलाचन पाण्डेले लुम्बिनी अनलाईनलाई जानकारी दिनुभयो । झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । अश्रु ग्यासबाट केही आन्दोलनकारी र प्रहरी घाइते भएका छन् ।

krishna-tamghas

                                                                                                              तस्वीर सौजन्य श्रीप्रसाद भलामी

नेपाली कांग्रेसका महासमिति सदस्य श्रीप्रसाद भलामीका अनुसार प्रशासनमा लगाएको ताला खोल्ने क्रममा लाठी जार्च, अश्रुग्यास प्रहार र ढुंगाहाहान हुदा प्रहरी र आन्दोलनकारी दुवै तर्फ क्षती भएपनि अलि बढी चोट कृष्ण पाण्डे र जनक पन्थलाई लागेको छ । घाइते पाण्डे नेपाल तरुण दल रेसुङ्गा नगर समितिका सभापति हुनुहुन्छ । उहांको तम्घासमा उपचार हुन नसकी पाल्पाको प्रभासमा रिफर गरिएको महासमिति सदस्य भलामीले जानकारी दिनुभयो ।

रेसुङ्गा अस्पतालमा मात्रै १५ जना घाइते उपचारको लागि आएको त्यहांबाट यम गाहाले जानकारी दिनुभयो । झडपमा सांसद कमला वि.क पनि घाइते हुनु भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा तोडफोड गरेका छन् ।आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो । सरकारले मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि गुल्मीमा वन्द हुदै आएको छ ।

https://youtu.be/i3p5QrdAhro