
ललित पाण्डेय/
सैनामैना, १ पुस । रुपन्देहीको सैनामैना बुद्धनगरमा मंसिर २८ गते देखि सुरु भएको श्रीमद् भागवत धनधान्याञ्चल पितृमोक्ष्य राष्ट्र शान्ति प्रेम माहायज्ञमा दर्शनार्थीहरुको घुईचो लागेको छ ।
आज महायज्ञमा १० लाख दान संकलन हुन आएको महायज्ञ मुल आयोजक समितिका संयोजक ईश्वरी प्रसाद घिमिरले जानकारी दिनु भयो । त्यस्तै जिन्सि सामानमा ८ क्वीन्टल धान सङ्कलन हुन आएको छ । त्यस मध्येमा सैनामैना बुद्धनगर निवासी शोभाखर भण्डारीले ५ क्वीन्टल २६ के.जी धान र ७ क्वीन्टल चामल भन्दा बढी सङ्कलन हुन आएको आयोजकले जानकारी दिएको छ ।
अहिले सम्म नगद ३३ लाख दान सकंलन हुन आएको छ । बहुउद्दश्यीय सामुदायिक भवन, शिवालय मन्दिर तथा दुर्गा मन्दिर निर्माणको लागि सञ्चालन गरिएको महायज्ञ पुष ५ गते सम्म सञ्चालन हुने छ । बुद्धनगरबासी र जननी जनसेवा ट्रष्ट कपिलबस्तुको आयोजनामा महायज्ञ सञ्चालन भैरहेको छ । महायज्ञबाट १ करोड ५० लाख दान संकलन हुने आयोजकले लक्ष्य लिएको छ ।
महायज्ञमा रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा बाट पनि भक्तजन आउने आयोजकले अपेक्षा गरेका छन् ।