सिडियोले गल्ती स्वीकार गरे

1.3K

सिडियोले गल्ती स्वीकार गरे

gulmi
बुटवल, २ पुस । मंसिर १५ गते देखि वन्द हुदै आएको गुल्मीमा आज पनि प्रदर्शन भएको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा झडप भएपछि आक्रोशित आन्दोलनकारीले आज तम्घासमा विशाल ¥याली निकालेका हुन् । नयांबजार, मिलनचोक हुदै गएको ¥याली पुतलीबजारमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई संयुक्त संघर्ष समिति गुल्मीका संयोजक एवं नेपाली कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सम्म आन्दोलन जारी हुने बताउनुभयो । उहांले गुल्मीको आन्दोलनले सरकारले संशोधन प्रस्ताव फिर्ता लिन बाध्य हुने उल्लेख गर्नुभयो ।

सभालाई एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्थ, कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी, एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज भुसाल लगायतले संबोधन गर्नु भएको थियो ।

gulmi-1

गुल्मीमा हिजो जिल्ला प्रशासन कार्यालयमा भएको झडपको घटना प्रति गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले गल्ती स्वीकार गरेको संयुक्त युवा परिचालन समितिका संयोजक भरत भलामीले जानकारी दिनुभयो । आज भएको छलफलमा प्रशासनले प्रदेश नं. ५ को बोर्ड समेत राखि दिने सहमति भएको बताइएको छ ।

आन्दोलनकै क्रममा जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी प्रदेश नं. ५ को बोर्ड समेत राखिएको थियो । हिजो भएको झडपमा गुल्मीमा सांसद, पत्रकार, नेता, नागरिक अगुवा लगायत घाइते भएका थिए ।

सरकारले मंसिर १४ गते संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव दर्ता गरे संगै गुल्मीमा वन्द हुदै आएको छ । हिजो देखि आमहड्ताल आह्वान भएको छ ।