महायज्ञमा दर्शानार्थीहरुको घुईचो

1.3K

महायज्ञमा दर्शानार्थीहरुको घुईचो

सैनामैना, ३ पुस । रुपन्देहीको सैनामैना बुद्धनगरमा २८ गते देखि सुरु भएको श्रीमद् भागवत धनधान्याञ्चल पितृमोक्ष्य राष्ट्र शान्ति प्रेम माहायज्ञमा आज पाचांै दिन सम्म आईपुग्दा दर्शनार्थीहरुको घुईचो लागेको छ ।

दिन प्रति दिन दर्शानार्थीको घुईचो बढ्दा आज महायज्ञमा १५ लाख दान संकलन हुन आएको महायज्ञ मुल आयोजक समितिका संयोजक ईश्वरी प्रसाद घिमिरले जानकारी दिनु भयो । २ लाख ५ हजार ५ सय ५५ रुपैया दिएर सैनामैना ८ का समाजसेवी युवराज भुषाल आजको प्रमुख अथिति बन्नु भएको छ ।

त्यस्तै जिन्सी सामानमा १० क्वीन्टल धान र ५ क्वीन्टल चामल भन्दा बढी सङ्कलन हुन आएको आयोजकले जानकारी दिएको छ । बहुउद्दश्यीय सामुदायिक भवन, शिवालय मन्दिर तथा दुर्गा मन्दिर निर्माणको लागि सञ्चालन गरिएको महायज्ञ पुस ५ गते सम्म सञ्चालन हुने छ ।  बुद्धनगर बासी र जननी जनसेवा ट्रष्ट कपिलबस्तुको आयोजनामा  महायज्ञ सञ्चालन हुने छ ।

१ करोड ५० लाख दान संकलन हुने आयोजकले लक्ष्य लिएको छ ।