भलिवलमा स्याङजा तेस्रो

1.3K

भलिवलमा स्याङजा तेस्रो

बुटवल, ३ पुस । तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको क्षेत्रीय स्तरको भलिवल प्रतियोगिताको तेस्रो उपाधी स्याङ्जाले हात पारेको छ ।

सेमिफाईनलबाट बाहिरिएका टिम गुल्मी र स्याङ्जा बिच भएको प्रतिस्पर्धामा गुल्मीलाई पछाडी पार्दै स्याङ्जा तेस्रो भएको हो । यो जित संगै स्याङ्जाले २५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्ने छ । आईतबार नै भएको सेमिफाईनल प्रतिस्पर्धामा विजेता कास्की र नवलपरासी आज सोमबार फाईनलकालागि प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाईनलको प्रतिस्पर्धामा नवलपरासीले स्याङ्जालाई तीन शुन्यको सेटमा जित हात पारेको थियो भने कास्कीले गुल्मीलाई तीन एकको सेटमा हराएको थियो । मेलामा सांस्कृतिक कार्यक्रम अन्तरगत आईतबार ज्योती मगर, विधान कार्की, बिबि अनुरागी, चोलेन्द्र पौडेल, राजेन्द्र पोखरेल, जीवन परियार, तथा हास्य कलाकारहरु भोक लाग्यो र समानुपातिक सभाषद प्रस्तुती गरेका थिए ।

त्यस्तै सांस्कृतिक कार्यक्रम अन्तरगत लोक तथा दोहारी गीतको फाईनल प्रतिस्पर्धा पनि भएको छ भने सिंगिङ् आईकन र डान्सिङ् आईकन पनि फाईनल प्रतिस्पर्धा भएको छ । मेलाको आज सोमबार औपचारिक कार्यक्रमका बिच समापन गरिने महासचिव माधवलाल देवकोटाले बताउनु भयो ।