
बुटवल, ४ पुस । पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलले प्रदान गर्ने यातायात पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार खिमानन्द भट्टराई र लक्ष्मण पौडेललाई प्रदान गरिएको छ ।
उक्त समितिको १७ औं वार्षिक साधारण तथा दशौं अधिवेशनको अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । यातायात क्षेत्रमा देखिएका समस्या, समस्या समाधानका उपाय, सवारी दुर्घटना न्युनिकरणका सम्बन्धमा गहिरो अध्ययन गरि खोजमुलक समाचार लेखे वापत तिलोत्तमा दैनिकका सम्पादक भट्टराई र लुम्बिनी एफएमका समाचार प्रमुख लक्ष्मण पौडेललाई पुरस्कृत गरिएको हो ।

उहाँहरुलाई नेपाल ट्रक व्यबसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट र पश्चिमाञ्चल यातायात व्यबसायी संघका अध्यक्ष लोकप्रसाद पोखरेलले दोसल्ला र सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशी जनही दश हजार रुपैंया रहेको छ । सोही अवसरमा संस्थागत बिकासमा अतुलनीय योगदान पु¥याएको भन्दै समिमिका सल्लाहकारहरुलाई पनि सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यस्तै समितिको स्थापना कालदेखि योगदान पु¥याउने क्रियाशिल ईमान्दार तथा जेष्ठ सदस्य, तथा पाँच जना कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ ।

त्यस्तैगरी नेपाल पत्रकार महासंघले स्थापना गरेको अक्षयकोषकालागि उक्त समितिले २१ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको थियो । उक्त रकम बराबरको चेक समेत अध्यक्ष पोखरेलले सोही अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीलाई हस्तान्तरण गर्नुभयो ।