युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्या

1.3K

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्या

बुटवल, ४ पुस ।  नेकपा एमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको छ। सोमबार दिउसो करिब साढे तीन बजे रुपन्देहीको देवदह खैरेनी बजारमा अज्ञात समूहद्धारा गोली प्रहार गरी तिवारीलाई गम्भीर घाइते बनाएका थिए ।

घाइते तिवारीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । गोली हान्ने समूहको पहिचान भएको छैन।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको मरासिनीले जानकारी दिए। उनका अनुसार गोली हान्ने व्यक्तिहरुको खोजी कार्यलाई तिव्रता दिइएको छ । तिवारी क्रेसर ईट्टा उद्योग लगायतमा सम्लग्न रहेका थिए । घटनाको थप विवरण आउन बाँकी छ।