हत्याको आक्रोशमा बुटवलमा यातायात तथा बजार वन्द

1.3K

हत्याको आक्रोशमा बुटवलमा यातायात तथा बजार वन्द

बुटवल, ४ पुस । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको आक्रोशमा बुटवलमा यातायात तथा बजार वन्द गराइएको छ ।

भर्खरै बुटवलको राजमार्ग चौराहा क्षेत्रमा यातायात तथा बजार वन्द गराउदै युवाहरुको टोली हिडेको छ । आक्रोशित युवाहरुको समुहले बुटवलकोे चौराहामा नारावाजी सुरु गरेका छन् ।

नेकपा एमाले जिल्ला सदस्य यम रानाले देवदह, खैरेनी क्षेत्रमा पनि प्रदर्शन भएको जानकारी गराउनुभयो ।