
बुटवल, ४ पुस । तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोतसवमा सञ्चालन गरिएको क्षेत्रीय स्तरको भलिवल प्रतियोगिताको उपाधी कास्कीले हात पारेको छ ।
अग्नी सिमेन्टले प्रायोजन गरेको उक्त प्रतियोगिताको फाईनलमा नवलपरासी संग भएको प्रतिस्पर्धामा तीन दुईको सेटमा उपाधी कास्कीले हात पारेको हो । उक्त उपाधीसंगै प्रतियोगितामा प्रथम भएको कास्कीले एक लाख रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको नवलपरासीले पचास हजार रुपैंयामा चित्त बुझाउनु पर्यो ।
उक्त प्रतियोगितामा तेस्रो भएको स्याङ्जाले २५ हजार रुपैंैया नगद पुरस्कार प्राप्त गरेको छ । सेमिफाईनलमा प्रतिस्पर्धा गरेको गुल्मीलाई सान्त्वना स्वरुप १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
अग्नी सिमेन्ट कप क्षेत्रीय भलिवल प्रतियोगिताका विजयी टिमलाई अग्नी सिमेन्टका सञ्चालक सुमित पोखरेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारीले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।
प्रतियोगितामा कास्कीका रोसन गुरुङ् वेष्ट रेजर, यम क्षेत्री वेष्ट ब्लकर, पारस गुरुङ् वेष्ट डिफेन्डर र मनोज खड्का वेष्ट प्लेयर भए भने स्याङ्जाका सञ्जुविक्रम शाह वेष्ट स्पाईकर तथा नवलपरासीका घनश्याम चौधरी वेष्ट सर्भिसर घोषित भए । उनीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।