
बुटवल, ४ पुस । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ । एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीद्वारा जारी विज्ञ्प्तीमा एमालेका जुझारु कार्यकर्ता तिवारीको हत्याले पार्टी स्तब्ध भएको जनाइएको छ ।
विज्ञ्प्तीमा अपराधीक घटनाप्रति घोर निन्दा र भ्रत्र्सना गर्दै कडा बिरोध प्रकट गर्दछौ भनिएको छ । घटनालाई छानबिन गरी हत्यारालाई अबिलम्व गिरफ्तार गरी हदै सम्मको कडा कारवाही गर्न सरकार संग जोडदार माग विज्ञ्प्तीमा गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टि एमाले
जिल्ला कमिटी रुपन्देही
हाम्रो पार्टि नेकपा एमालेका जुझारु कार्यकर्ता एवं युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आज दिउसो ३ः३० बजे खैरेनीबाट मोटरसाईकलमा दक्षिणतर्फ जादै गर्दा गोली प्रहार गरी हत्या गरीएको छ, यस घटनाबाट पार्टि स्तब्ध भएको छ । यस अपराधीक घटनाप्रति घोर निन्दा र भ्रत्र्सना गर्दै कडा बिरोध प्रकट गर्दछ ।
यस घटनालाई छानबिन गरी हत्यारालाई अबिलम्व गिरफ्तार गरी हदै सम्मको कडा कार्वाही गर्न सरकार संग जोडदार माग गर्दछ ।
शिवराज सुवेदी
अध्यक्ष , नेकपा एमाले रुपन्देही
मिती २०७३।०९।०४