
बुटवल, ४ पुस । नयां शक्ति पार्टी नेपाल रुपन्देहीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको घटनाको निन्दा गरेको छ ।
पार्टीका रुपन्देही संयोजक देबेन्द्र पाण्डे सागर र इन्चार्ज यज्ञ पोखरेलले आज सांझ एक प्रेस विज्ञप्ति जारी गर्दै युवा राजनीतिक व्यक्तित्व तिवारीको दिनदाहाडै हत्या हुनु घोर निन्दनीय भएको उल्लेख गरेका छन् ।
हत्यामा संलग्न दोषीलाई अबिलम्ब पत्ता लगाई कानुनी कारवाही गर्न नयां शक्ति पार्टी रुपन्देहीको तर्फबाट विज्ञप्तिमार्फत प्रशासनसंग माग गरिएको छ । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउसो गोली हानी हत्या भएको थियो ।