रुपन्देहीमा बृहत छन्द महोत्सवको तयारी

1.3K

रुपन्देहीमा बृहत छन्द महोत्सवको तयारी

बुटवल, ५ पुस । छन्दवादी समाज नेपालले प्रदान गर्ने सम्मान ‘छन्द तपस्वी–२०७३’ बाट प्राध्यापक डा. विष्णुराज आत्रेय (लाटो साथी) र ‘छन्द रथी–२०७३’ बाट डा. देवी नेपाललाई अभिनन्दन गर्ने तयारी गरिएको छ । छन्दवादी कविता लेखन कार्यमा योगदान पु¥याए वापत उहाँलाई उक्त साहित्य सम्मानबाट अभिनन्दन गर्न लागिएको हो ।

छन्दवादी समाज नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा रुपन्देहीमा गर्न लागिएको बृहत छन्द महोत्सव २०७३ मा उहाँहरुलाई अभिनन्दन गरिने छ । यहि पुसको ९ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १८ स्थित जनता माध्यमिक बिद्यालयमा बृहत छन्द महोत्सव २०७३ को तयारी गरिएको छ ।

उक्त महोत्सवमा समकालिन छन्द कविताका प्रबृत्तिहरु बिषयमा कार्यपत्र प्रस्तुत हुने र उक्त कार्यपत्र माथि त्रिपक्षीय टिप्पणीको तयारी गरिएको छन्दवादी समाज नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डेले बताउनु भयो ।

कार्यपत्र लेखन तथा प्रस्तुतीकालागि प्रा. डा. हिरण्यलाल ज्ञवालीलाई जिम्मेवारी प्रदान गरिएको छ भने डा. घनश्याम न्यौपाने (परिश्रमी), महेन्द्र विश्व विद्यालय दाङ्का उपप्राध्यापक डा. नारायण नेपाल र छन्द वचाउ अभियान्ता माधव वियोगीले उक्त कार्यपत्रमाथि टिम्पणी गर्नुहुने समाजका सचिव चन्द्रकान्त डुम्रेले बताउनु भयो । नेपाल भरीका छन्द कवि सहभागि हुने उक्त कार्यक्रमको पुर्व सन्ध्यामा बुटवलमा काव्य गोष्ठि गर्ने समाजले तयारी गरेको छ ।

उक्त बृहत छन्द महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख डा. अमर गिरीले गर्नुहुने कायर्यक्रम तय गरिएको पनि सचिव डुम्रेले जानकारी दिनुभयो ।