
गजल
*****
कुकुरको छाउरा, मरे बन्द हुन्छ नेपाल ।
पति पत्नी झगडा, गरे बन्द हुन्छ नेपाल ।
मर्नु हुँदैन् कोहि, मान्छे मार्नु अपराध हो,
गधाले नि आँखा, तरे बन्द हुन्छ नेपाल ।
मर्ने पनि आफ्नै, मार्ने पनि आफ्नै हुन् रे !
चक्कामुनि कुखुरा, परे बन्द हुन्छ नेपाल ।
गुण्डागर्दीले, न पार्टी बन्छ न देश बन्छ,
यताको नरे उता, सरे बन्द हुन्छ नेपाल ।
दाना हाल्छ्न् र चरी र घैंटेहरु पाल्छ्न्,
टाउकोबाट केस, झरे बन्द हुन्छ नेपाल ।
~ तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही