मगरात भेलामा रुपन्देहीको के भुमिका ?

1.3K

मगरात भेलामा रुपन्देहीको के भुमिका ?

बुटवल, ६ पुस । पुस ८ गते पाल्पामा हुने बृहत मगरात भेलामा रुपन्देहीबाट अत्यधिक जनसहभागिता गराउने नेपाल मगर संघले जनाएको छ ।

नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको आज बुटवलमा बसेको बैठकले उक्त भेलामा गाविस, नगरपालिकाबाट अत्यधिक जनसहभागिता गराउने निर्णय गरेको हो ।

“मगरात कलस्टर बचाऔँ, मगराँत स्वायत्त प्रदेश स्थापनाका लागि साझा अभियानमा लागौँ” भन्ने मूल नाराका साथ पाल्पाको खुल्ला मञ्चमा बृहत मगरात भेला हुदैछ । मगर संघ जिल्ला समितिले रुपन्देहीमा रहेका सम्पूर्ण गा.वि.स. तथा नगर समितिलाई आ–आफ्नो क्षेत्रबाट सवारी साधनको व्यवस्था गरि अधिक जनसहभागिता गराउन निर्देशन दिएको छ ।

बैठकमा नेपाल मगर महिला संघ, जिल्ला समिति रुपन्देहीका सचिव केशरी गाहा मगर, नेपाल मगर विद्यार्थी संघ, रुपन्देहीका अध्यक्ष मनिष फाल मगर, नेपाल मगर संघ, सौ फर्साटिकरका अध्यक्ष शोभा आले मगर, तिलोत्तमा नगरका अध्यक्ष प्रेम थापा मगर, तेज बहादुर राना, भोज बहादुर बुढाथोकी लगायतले कसरी जनसहभागिता गराउन सकिन्छ भन्ने विषयमा विचार व्यक्त गर्नु भएको थियो ।

बैठक नेपाल मगर संघ, जिल्ला समिति रुपन्देहीका अध्यक्ष गिता सारु मगरको अध्यक्षता र सह–सचिव बिनोद थापा मगरको संचालनमा भएको थियो ।