तिवारीको हत्या विशुद्ध राजनीतिक भएको युवा संघको दावी

1.3K

तिवारीको हत्या विशुद्ध राजनीतिक भएको युवा संघको दावी

बुटवल, ७ पुस । युवा संघ नेपालले संघका रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या राजनीतिक कारण नै भएको दावी गरेको छ ।
युवा संघ नेपालले आज बुटवलमा पत्रकार सम्मेलन गरेर तिवारीलाई हत्या गर्नुपर्ने कुनै कारण नभएको बताउँदै उनको हत्या र राष्ट्रिय स्वाधिनताको आन्दोलन एक सिक्काका दुई पाटा भएको संघका केन्द्रीय अध्यक्ष राजिव पहारीले बताउनु भयो ।

पहिले मधेश आन्दोलन चलेको समयमा पनि हत्या प्रयास भएको र अहिले संविधान संशोधन विरुद्वको आन्दोलनमा हत्या हुनु राजनीतिक कारण भएको युवा संघको दावी छ । घटनालाई विषयान्तर गर्नकालागि राजनीति भन्दा अन्य रुपबाट जोडेर समाचारहरु आएको भन्दै उहाँले सत्य तथ्यको गहिराईमा पुगेर मात्रै प्रकाशन तथा प्रशारण गर्न अध्यक्ष पहारीले आग्रह गर्नुभयो ।

संघका अध्यक्ष पहारीले युवा संघले प्रशासन संग भएको मृतकलाई शहिद घोषणा गर्ने, हत्यामा संलग्नलाई कारवाही गर्ने, शान्ति सुरक्षाको स्थिती सुधार गर्ने सहमति पुरा नभए युवा संघ लुते लाङग्रे संगठन नभएको भन्दै कडा आन्दोलन चर्काउने चेतावनीे दिनुभयो । युवासंघको आन्दोलन जारी रहेको बताउँदै अहिले वाच डकको भुमिकामा रहेको उहाँले बताउनु भयो ।

सरकारले घटनाको छानविनकालागि उच्च स्तरीय आयोग गठन गरिसकेको अवस्थामा युवा संघ नेपालले पनि महासचिव किरण पौडेलेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरि आन्तरिक अनुसन्धान अँगाडी बढाएको उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ्ले मृतक तिवारी कुनै पनि ठेक्का पट्टामा नलागेको दावी गर्दै हत्या विशुद्ध राजनीतिक भएको जिकिर गर्नुभयो । बाहिर चर्चामा आए जस्तै मनोज पुन अपराधिक प्रकृतिको भएको र उ तिवारी हत्यामा संलग्न हुन सक्ने आशंका व्यक्त गदै कसैले संरक्षण गरेको हुन सक्ने हुदा सुक्ष्म अनुसन्धान गर्न उपाध्यक्ष गुरुङले माग गर्नुभयो । बुटवलमा प्रचण्ड थैव हत्याकाण्ड पछि पुन युवा संघमा प्रवेश गरेपनि गुण्डागर्दीमा लागेको हुदा चार वर्ष अघि नै कारवाही गरिएको उपाध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

तिवारीको हत्या पछि युवासंघले रुपन्देही प्रशासनसंग शहीद घोषणा, हत्यामा संलग्नलाई कारवाही गर्न र सुरक्षाको प्रत्याभुती दिलाउन माग गरेको थियो । प्रशासनले शहीद घोषणा गर्न सिफारिस गरेपछि हिजो तीन दिनमा शव उठाइएको थियो । सरकारले तिवारी हत्या छानविन गर्न एआईजीको नेतृत्वमा उच्च स्तरीय छानविन समिति गठन गरेको छ ।