मेला प्रचारको लागि मोटरसाईकल ¥याली

1.3K

मेला प्रचारको लागि मोटरसाईकल ¥याली

बुटवल, ८ पुस । लगानी लुम्बिनीमा समृद्धी देशमा भन्ने नाराका साथ आजबाट बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । आज मेला स्थल बुटवल मण्डपबाट मोटरसाईकल ¥याली निकालिएको छ ।

¥यालीले बुटवल नगर परिक्रमा गरेको प्रचार प्रसार समितिका संयोजक विमलराज भट्टराईले जानकारी दिनुभयो । पुस २३ गते सम्म चल्ने मेलाको केही समयपछी रक्षामन्त्री बालकृष्ण खांणले उद्घाटन गर्ने कार्यक्रम छ ।

मेलामा ३५ जिल्लाका उत्पादन सहित छिमेकी मुलुकका गरी ५ सय ५० स्टल राखिएको छ ।