
बुटवल, ८ पुस । नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले जनतामा भ्रम छरेर खोक्रो राष्ट्रवादको नारा नदिन संविधान संशोधन विरुद्वको आन्दोलन गर्नेलाई चेतावनी दिनु भएको छ ।
आज देखि बुटवलमा सुरु भएको ओद्योगिक व्यापार मेलामा बोल्दै रुपन्देही क्षेत्र नं. १ का सांसद समेत रहेका रज्जाकले देशलाई निकाश दिदा राष्ट्रघात नहुने तर्क गर्नुभयो । उहांले कसैको नाम नलिइ जसले भारतीय दुतावासमा गएर पैसा बुझ्छ त्यसैले राष्ट्रवादीको नारा दिएको उल्लेख गर्नुभयो ।
सांसद रज्जाकले आफुले यस क्षेत्रको जनताको भावना बुझे पनि राष्ट्रलाई निकाश दिन संविधान संशोधन हुनु पर्ने जिकिर गर्नुभयो । सिमांकन देश विकासको लागि भएको भन्दै संविधान संशोधनको विषयमा जनतालाई भ्रम छरेर मुख्यमन्त्री बन्ने आन्दोलन नगर्न आग्रह गर्नु भएको छ ।
उहांले अहिले यस क्षेत्रमा आएर जनता उचाल्ने नेता तर्फ इगिंत गदै मेरो पुत्ला जल्दा पौडेल, भण्डारी, रायमाझी कहां गएका थिए भन्दै प्रतिप्रश्न गर्नुभयो ।हिजो संविधान जारी गर्ने समयमा आफुलाई सडकमा आउन दवाव आएको भन्दै त्यसलाई नमान्दा ६ महिना सम्म मधेसमा आफ्नो पुत्ला जलाइएको बताउनुभयो ।