सैनामैनामा दुर्घटना एकको मृत्यु

1.3K

सैनामैनामा दुर्घटना एकको मृत्यु

ललित पाण्डेय/
सैनामैना, ८ पुस । सैनामैनाको बासगढीमा भएको सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।  पुर्वबाट पश्चिम तर्फ रहेको लु २ च ९९४४ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आउदै गरेको ना ६ ख २४७९ नम्बरको बसले ठक्कर दिंदा ट्याक्टरमा रहेका १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा  सैनामैना ४ बस्ने आशिष चौधरीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मुत्यृ भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक बिमल पराजुलीले जानकारी दिनुभयो । बस र बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै रुपन्देहीको सैनामैनामा सवारी साधनले ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन् । आज बिहान सैनामैनाको रामापुरमा पश्चिम बाट पुर्व जादै गरेको लु १ ख ६१४४ नम्बरको ट्रिप्परले पैदल यात्रीलाई ठक्कर दिदा सैनामैना रामापुर निवासी ३० वर्षिय कृष्ण ढकाल गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक बिमल पराजुलीले जानकारी दिनु भएको छ ।

गम्भिर घाईते भएका ढकालको लुम्बिनी अञ्चलन अस्पताल बुटवलमा उपचार हुन नसकेपछि भरतपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।