
बुटवल, ८ पुस । काठमाण्डौंको ईन्टीग्रेटी आईडल नामक संस्थाले देशभरका सरकारी शिक्षक, कर्मचारी सर्वेक्षणमा देशभरबाट ५ उत्कृष्ट कर्मचारीका रुपमा गुल्मीको तम्घासमा रहेको शिद्धवावा उच्च माध्यामिक विद्यालयका प्राचार्य डोरविक्रम श्रीस् छनौट हुनु भएको छ ।
ईन्टीग्रेटी आईडलमा देशभरका सरकारी शिक्षक, कर्मचारी मध्ये २०१६ सर्वोत्कृष्ट छनौट गर्ने क्रमको भोटिङ्ग राउण्ड सम्म आई पुग्दा प्राचार्य श्रीस पाँच उत्कृष्ट शिक्षक–कर्मचारीका रुपमा छनौट हुनु भएको हो । अव सर्वोत्कृष्ट छनौटमा सफलता हाँसिल गर्नका लागि भने श्रीसले उत्कृष्ट पाँच जना विचमा भोटिङ्गको सामना गर्नु पर्ने छ ।
उहाँ सहित ५ उत्कृष्टमा परेका पुनरनिर्माण तथा प्राधिकरण विभागका उप–सचिव भिष्मकुमार भुसाल, जुम्लाकी महिला तथा वालवालिका कार्यालयकी कर्मचारी विन्दु कुँवर, भक्तपुरमा रहेको बागेश्वरी उच्च माध्यामिक विद्यालयका शिक्षक कृष्णप्रसाद धान्छा र भोजपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन तारा सुवेदी रहनु भएको छ । छनौट प्रकृयाको विभिन्न चरण पार गर्दै र देशभरका ११ हजार भन्दा बढि सहभागिलाई पछि पार्दै ५ उत्कृष्टमा छनौट भएका श्रीस् यस अघि पनि विभिन्न संघ संस्थाबाट विभिन्न उत्कृष्ट कार्य गरे वापत पुरस्कृत र सम्मानित हुनु भएको थियो ।
ईन्टीग्रेटी आईडलमा पुस १६ गते सम्म भोटिङ्ग गर्न सकिनेछ । प्राचार्य श्रीसलाई सर्वाेत्कृष्ट बनाउनका लागि मोवाईलको म्यासेज बक्समा गई IIN 03 टाईप गरी एक स्पेश दिई ३४००१ मा सेन्ड गर्नु पर्ने छ । वेभबाट http://www.integrityidol.org/countries/nepal/ मा गई डोरविक्रम श्रीसलाई भोट गर्न सकिन्छ । अहिले सम्म श्रीस वेभमा अगाडी हुनुहुनछ भने एसएम एस मा दोस्रो स्थानमा हुनुहुन्छ । निजी विद्मयालयसंग प्रतिस्पर्धा गर्दै एक अव्वल सामुदायीक विद्यालयको रुपमा शिद्धवावा उच्च माध्यमिक विद्यालयलाई परिचित वनाउने श्रीसको ठुलो देन छ । गुल्मीका सरकारी विद्यालयलाई वोर्डिङ्ग स्कुल संग प्रतिस्पर्धा गर्ने अभियान त्यस विद्यालयबाटै सुरु गरेको श्रीसको भनाइृ छ ।
निकै भद्र र मिलनसार श्रीस त्यस विद्यालयमा मात्र होईन जिल्लाको शैक्षिक विकासमा समेत आफ्नो अनुभव एक अर्को संग बाँडेर टेवा पुराउँदै आएका व्यक्ति हुनुहुन्छ । श्रीसले सम्पुर्ण गुल्मेली र पश्चिम नेपालमा अभियानै चलाई दिन र देश विदेशमा रहेका सम्पुर्ण शुभेच्छुकहरुलाई भोटिङ्ग गरी दिन अपिल गर्नु भएको छ ।