महोत्सव सफल भएको संघको ठहर

1.3K

महोत्सव सफल भएको संघको ठहर

बुटवल, ९ पुस । तिलोत्तमा उद्योग वाणिज्य संघले मंसिर २४ गतेदेखि पुस ४ गतेसम्म संघको आयोजनामा  भएको प्रथम औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव सफलतापुर्वक सम्पन्न भएको ठहर गरेको छ ।

संघले मेला तथा महोत्सवको सफलताका लागि सहयोग गर्नेसहआयोजक, प्रायोजक, सहप्रायोजक, स्टल सहभागि, दर्शक उपभोक्ता सहित सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकार लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै प्रति हार्दिक कृतज्ञता प्रकट गर्ने निर्णय गरेको छ ।

संघ सचिवालय भलवारीमा मेला तथा महोत्सव मुल समितिका सदस्य, सल्लाहकार तथा सहसंयोजकहरु सहितको आज बिहान भलवारीमा सम्पन्न समिक्षात्मक बैठकले बिषम परिस्थितिका बावजुद पनि स्टल सहभागि भएर उद्योगी व्यवसायी र अवलोकन गरेर तिलोत्तमा नगरबासीहरुले संघलाई गरेको माया, स्नेह र प्रोत्साहनले संघलाई हौसला मिलेको ठहर गर्दै सबैमा कृतज्ञता ब्यक्त गर्दै अव नगरको पुर्वाधार बिकासका लागि सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने निर्णय गरेको छ ।

बैठकले मेलामा भएका केही सामान्य कमजोरीलाई आगामी मेलामा सुधार गरेर लैजाने निर्णय गरेको छ । सोही बैठकले मेलाबाट भएको आम्दानी खर्चको बिवरण पनि छिट्टै लेखापरीक्षण गरी सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकमा संघका अध्यक्ष तथा मेलाका मुल संयोजक गुणनिधि भण्डारीले मेला सम्पन्न गर्न गठित बिभिन्न समितिका संयोजक, सदस्यहरुको खटाई, सल्लाहकारहरुको सल्लाह सुझाव, स्टल सहभागि व्यवसायी, प्रायोजक सहप्रायोजकहरुको सहयोग र तिलोत्तमाबासीहरुको मायाले गर्दा बिषम परिस्थितिमा पनि सोचेभन्दा बढी कारोवार सहित मेला सम्पन्न भएकोउल्लेख गर्दै सबैमा आभार व्यक्त गर्नु भयो ।

संघका महासचिव माधवलाल देवकोटाको सञ्चालनमा भएको समिक्षात्मक बैठकमा सल्लाकारहरु चन्द्रमान श्रेष्ठ, पशुपति घिमिरे, बेद प्रसाद कडेल, डायलसन अधिकारी, बरिष्ठ उपााध्यक्ष दुर्गा खरेल वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की लगायतले मेलाका भएका राम्रा पक्ष र अव संघले गर्नुपर्ने कामका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।