नगर समितिको अधिवेशन माघेसक्रान्तिमा

1.3K

नगर समितिको अधिवेशन माघेसक्रान्तिमा

बुटवल, ९ पुस । नेपाल मगर युवा संघ, देवदह नगर समितिको बैठक शितलनगरमा सम्पन्न भएको छ । बैठकले नेपाल मगर युवा संघ, नगर समितिको दोस्रो सम्मेलन तथा प्रथम अधिवेशन माघ १ गते माघे सक्रान्तिको अवसरमा गर्ने निर्णय गरेको छ ।

बैठकमा गत मंसिर २५ गते भलुहीमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमको समिक्षा गरिएको थियो । अधिवेशनमा मगर सस्कृति झल्किने गरि सामूहिक नृत्य प्रतियोगिता गरि कार्यक्रमलाई थप रोचक गराउने बैठकले निर्णय गरेको छ । नृत्य प्रतियोगिताको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

जसमा साउण्ड तथा मञ्च व्यवस्थापन रिम थापा मगर, छपाई तथा प्रेसमा रवि आले मगर, साँस्कृतिक उपसमितिमा राजु राना मगर, व्याच तथा खादा व्यवस्थापनमा विष्णु थापा मगर, अतिथि सत्कार नानु राना मगर, मायाको चिनो तथा प्रतिवेदन तयार गर्न बिनोद थापा मगर, आर्थिक व्यवस्थापन समितिमा जीवन मगर र प्रचारप्रसार मा प्रेम सारु मगर  रहनुभएको छ ।

बैठकमा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सह सचिव बिनोद थापा मगर, नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी मगर, महिला संघ जिल्ला समिति रुपन्देहीका सदस्य शोभाकुमारी थापा, महिला संघ देवदहका सचिव बिन्दु थापा मगर, युवा संघका सल्लाहकार प्रेम थापा मगर, हिमाल सारु मगर लगायतले भनाईहरु राख्नुभएको थियो ।

बैठक नेपाल मगर युवा संघ, देवदह नगर समितिका कार्यवाहक अध्यक्ष जीवन मगरको अध्यक्षता र सचिव रिम थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।