सेना शान्ति मिसनमा नेपाली झण्डा बोकेर जान्छ : रक्षा मन्त्री

1.3K

सेना शान्ति मिसनमा नेपाली झण्डा बोकेर जान्छ : रक्षा मन्त्री

नगरको ग्रामिण क्षेत्रको बिकासमा ध्यानाकर्षण
बुटवल, १० पुस । रक्षा मन्त्री बालकृष्ण खाँणले नेपाली सेना र नेपालको शिर झुक्न नदिने बताउनु भएको छ । उहाँले नेपाली सेना शान्ति मिसनमा जाँदा आफ्नै नेतृत्वमा नेपाली झण्डा बोकेर जाने पनि बताउनु भयो ।

नेपाली सेनाले अहिलेसम्म शान्ति मिसनमा जाँदा नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै उहाँले अवका दिनमा पनि नेपाली सेना अरु कसैको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा शान्ति मिसनमा जाने बताउनु भएको हो । रुपन्देहीका तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा स्थापित बेवरी ग्रीन पार्क संरक्षण केन्द्रको आज सम्पन्न पहिलो साधारण सभामा बोल्दै नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाँणले तिलोत्तमा नगरपालिकाको गुरु योजनामा उक्त ग्रीन पार्कलाई पनि समावेस गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले उक्त ग्रीन पार्क भित्रै भ्यु टावर निर्माण योजना बनाउन समितिलाई आग्रह गर्नुभयो भने त्यसमा समेत सहयोग गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । उहाँले सोही स्थानमा रहेको स्वास्थ्य चौकीलाई नगर स्तरीय अस्पतालको रुपमा बिकास गर्न लागिएको जानकारी गराउनु भयो । उहाँले उक्त स्वास्थ्य चौकीलाई नगर स्तरीय अस्पताल निर्माणकालागि स्वास्थ्य मन्त्रालय र स्वयम मन्त्री गगन कुमार थापासंग कुराकानी भएको बताउँदै नगर स्तरीय अस्पताल बनेपछि त्यस क्षेत्रका जनताले उपचारकालागि अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खाँणले कुञ्जलापुर, मंगलापुर, सेमराबजार हुँदै कान्छिबजार र उक्त सडकलाई तिलोत्तमा चक्रपथमा जोड्न सके त्यस क्षेत्रको सामाजिक तथा अर्थिक बिकासमा समेत उल्लेख्य योगदान पुग्न सक्ने बताउँदै त्यसकालागि आफूले प्रयत्न गर्ने आश्वासन दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै समाजसेवी तथा राजनीतिज्ञ कृष्णप्रसाद पौडेलले त्यस क्षेत्रको समग्र बिकासकालागि मन्त्री खाँणलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेन्द्रराज आचार्यले नगरको एकिकृत बिकासमा नगरपालिका लागिरहेको बताउँदै नगरपालिकाले बताउन लागेको गुरुयोजनामा पर्यटनको केन्द्र बन्ने गरी उक्त पार्कलाई समावेस गर्ने बताउनु भयो । सो अवसरमा उक्त ग्रीन पार्क निर्माणको काममा योगदान पु¥याए वापत समाजसेवी पौडेललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा सहयोगी स्थानीय दुलबहादुर थापा, गोकर्ण खाम्चा, शेरबहादुर सुनारी र कुलबहादुर खानमगरलाई पनि सम्मान गरिएको थियो ।

साधारण सभामा ग्रीन पार्क संरक्षण केन्द्रका अध्यक्ष दिलसिंह थापा, महासचिव हरिप्रसाद भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै त्यस क्षेत्रको सामाजिक बिकासमा उक्त केन्द्रले काम गर्ने तथा ग्रीन पार्क निर्माण गरेर सार्वजनिक सम्पत्तिको संरक्षण समेत भएको बताउनु भएको थियो । मंगलापुरबाट करिव ४ किलोमिटर पुर्व मंगलापुर कान्छिबजार सडकमा उत्तरमा सटेको १५ कट्ठा १० धुर सार्वजनिक जग्गामा ग्रीन पार्कको अवधारण सहित गुरुयोजना निर्माण गरिएको छ ।