समुदायको विकासका लागि सहकारी आवश्यक

1.3K

समुदायको विकासका लागि सहकारी आवश्यक

बुटवल, १० पुस । समुदायको दिगो विकासका लागि सहकारीको विकास हुन आवश्यक रहेको सहकारी अभियन्ताहरुले बताएका छन् । सहकारीको पद्धती अनुसार सहकारीको विकास नहुने र सहकारीको विकासले समुदायको विकास सम्भव हुने उल्लेख गर्दै उनीहरुले सहकारी र नागरिक, नागरिक र समुह तथा समुह परिचालनले समुदायको विकास हुने बताएका थिए ।

रुपन्देहीको बुटवलमा रहेको ईन्द्रणी बहुउद्देश्य सहकारी संस्था सुख्खानगरको आज भएको १८ औं साधारण सभाको अवसरमा बोल्ने सहकारी अभियन्ताहरुले सहकारीको विकासले नै समुदायको दिगो विकास सम्भव हुने बताएका थिए । ईन्द्रणीका अध्यक्ष मित्रबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सिद्धान्त अनुसार चल्ने सहकारीको मात्र भविष्य रहने उल्लेख गर्दै समुदायको विकासमा सहकारीले महत्वपुर्ण भुमिका खेल्ने भएकाले सहकारीको विकासमै सबैको एकता आवश्यक रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ईन्द्रेणीका संरक्षक बाबुराम राना, भुपालकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, बचत तथा ऋण सहकारीका उपाध्यक्ष बसन्त ढकाल, घरेलु महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष नेत्रप्रसाद पाठक, सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रवन्धक बाबुलाल नेपाल, नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगा गुरुड, शेयर सदस्य जीवनारायण सापकोटा, गिता ज्ञवाली, कृष्ण बुढाथोकी लगायतले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा क्रियासिल बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

संस्थाका उपाध्यक्ष धुब्रकुमार धितालको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव नेत्रलाल अर्यालले गर्नु भएको थियो । यसैबीच सम्पन्न साधारण सभाले पुनः मित्रबहादुर शाक्यको अध्यक्षतामा नयाँ कार्य समितिलाई चुनाव गरेको छ । समितिको उपाध्यक्षमा धुव्रकुमार धिताल, सचिवमा नेत्रप्रसाद अर्याल र कोषाध्यक्षमा दलबहादुर थापालाई निर्वाचित गरेको छ ।