
बुटवल, १० पुस । बुटवलमा सञ्चालित लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले उक्त संस्थाले गरेको काममा पत्रकारिता क्षेत्रबाट सहयोग गरेको भन्दै दुई पत्रकार सहित सहकारी सम्वद्ध सदस्यहरुलाई सम्मान गरेको छ ।
संस्थाको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थालाई पत्रकारिता क्षेत्रबाट सहयोग गरेको भन्दै तिलोत्तमा दैनिक र लुम्बिनी अनलाईनका पत्रकार कबिन्द्र नेपाल र मुक्ति एफएमकी निरु थापालाई सम्मान पत्रले सम्मान गरेको हो । सोही अवसरमा संस्थामा आवद्ध रहेका ८० वर्ष माथिका जेष्ठ शेयर सदस्यहरु कमलादेवी श्रेष्ठ, चित्रमान गौचन र राजदेवप्रसाद तेलीलाई पनि सम्मान गरिएको छ ।
स्थापना दिवसमा संस्थाले उत्कृष्ट वचत कर्ता, संस्थाले सञ्चालन गरेका बचत योजनाहरु मध्ये सबै योजनामा बचत गर्ने वचत कर्ता, सहकारीमा उत्कृष्ट कारोवार गर्ने कारोवारीलाई पनि सम्मान गरिएको छ । त्यसैगरी एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीबाट तुलसीराज रेग्मीका छोरा सोभितराज रेग्मी र शारदा कार्कीकी छोरी ईसिका कार्कीलाई पनि सम्मान गरिएको छ ।
संस्थाले सञ्चालन गरेका कार्यक्रममा सहयोगि भूमिका निर्वाह गरे वापत शेयर सदस्यहरु दिपेन्द्र श्रेष्ठ र रामबहादुर खड्कालाई पनि सम्मान गरिएको संस्थाका व्यबस्थापक विनोदप्रताप राणाले जानकारी गराउनु भयो । सोही अवसरमा शीवकुमारी सैंजु शिद्धबाबा बृद्धाश्रम संस्थाले स्थापना गरेको लुम्बिनी उद्यानको संरक्षणमा योगदान गरेको भन्दै त्यहाका कर्मचारी मायाँ रेश्मी र रामबहादुर श्रेष्ठ तथा सहकारीको कार्यालय सबैभन्दा बढी दिन आएका कर्मचारी सत्यनारायण थारुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले संस्थामा हाल एक हजार ४ सय ७२ शेयर सदस्य रहेको र २ हजार पु¥याउने लक्ष्य रहेको जानकारी गराउनु भयो । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, वचत तथा ऋण जिल्ला संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, सञ्चालक सदस्य डा. द्वारिकाप्रसाद प्रधान लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।