
तस्वीर सौजन्य :इलाका प्रहरी कार्यालय बुटवल
बुटवल, १३ पुस । तिनाउ नदीमा आज दिउसो पुरुषको शव फेला परेको छ । आज दिउसो १२ बजे चिडियाखोला स्थित तिनाउ नदीमा ४०/४२ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मोटो शरिर, उचाई ५ फिट ३ ईन्च रहेको पहाडी मुलुकको मंगोलियन अनुहारको, शरिरमा कुनै कपडा नभएको, लामो कपाल, दाह्रि काटेको जुगा पालेको, हल्का लाम्चो अनुहार, निधारमा लाईन (गाठा) परेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
तिनाउ नदीमा फेला परेको शवलाई लुम्बिनी अंचल अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन ।